logo
मंगलबार, कार्तिक ११ २०८३

सामाजिक सञ्जालको सहि प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम


  • कुइनेटो न्युज
  • शुक्रबार, असार २४ २०७९

कमल ,असार २४ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग तिब्ररुपमा बढीरहका समयमा यसको सही प्रयोय सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समय सबै उमेर समुहकालागी सामाजीक सञ्जाल अनिवार्य भएको छ । तर यसको सही तरिकाले प्रयोग गर्न नजानेका कारण आज कतिको ज्यानै समेत गएको छ ।
सामाजिक सञ्जालको गतल प्रयोग गरेर युवा युवतीमा विभिन्न प्रकारका विकृती बढ्दै गएपछि त्यसलाई न्युनिकरण गर्नका लागी झापाको कमल गाउँपालिकाको आर्थिक सहयोग तथा भर्याङ मिडिया प्रा.लि.दमकको आयोजनामा सञ्चार तथा सामाजिक सञ्जाल प्रयोग सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ केर्खा स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न सचेतना मुलक कार्यक्रममा कमल गाउँपालिकामा रहेको विध्यालयमा कक्षा १२ मा अध्यायनरत ३५ जना विध्यार्थि सहभागि रहेका थिए ।
कार्यक्रमको पहिलो दिनमा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा,कार्यसमिती सदस्य चिरन्जीवी घिमिरे र विष्णु पौडेलले सहजीकरण गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमको दोश्रो दिनमा ईन्टरनेट तथा सामाजिक संजालको प्रयोगगरी हेपाई,यौन आसयले गरिने सन्देश आदान प्रदान,यौन मनसायले गरिने दवाव ,वाल अश्लिनता,अनलाई खेल तथा यसको लत,ईन्टरनेटको माध्यम बाट हुने मानव बेचबिखन ,ओसारपसार तथा बाल विवाह लगायतका विषयमा प्रहरी चौकि केर्खाका ईन्चार्ज प्रहरी नायव निरीक्षक सुवास मिश्रले सहजिक करण गर्नु भएको थियो ।
कार्यक्रम समापनको अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ कार्यसमिती सदस्य विष्णु सुब्बा, शहिद धर्मभक्त माध्यमिक विध्यालय व्यवस्थापन समितीका अध्यक्ष लेखनाथ खतिवडा, कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले समाजमा बढ्दो अपराध न्युनीकरणमाका लागी यस्ता सचेतनामुलक कार्यक्रमले युवाहरुमा ठुलो सहयोग पुग्ने बताउनुभएको छ ।
सचेतनामुलक कार्यक्रमका सहभागी मध्ये कमल ५ स्थित मंगलमय माध्यमिक विध्यालका अनिल पराजुली र कमला मदन आश्रीत स्मृति माध्यमिक विध्यालय कमल २ की छात्रा कविता नेपालीले कार्यक्रम अत्यन्तै प्रभावकारी भएको प्रतिकृया दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend