logo
शुक्रबार, साउन २९ २०८३

मुलुकलाई संकटवाट जोगाउन एमाले र जनता एक हुन पर्ने नेता : ओली


  • मनकुमार गदाल
  • बुधबार, कार्तिक २६ २०८२

दमक । नेकपा एमाले केन्द्रीय सदस्य रोम नाथ ओलीले देशी विदेशी प्रक्रियावादी तत्वको चलखेलका कारण मुलुक खतरामा परेको बताउनु भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी(एमाले) मनकामना टोल दमक८ले आज आयोजना गरेको टोल भेलालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज ओलीले एमाले पार्टी र जनता एक भएर मात्र मुलुकलाई संकटवाट जोगाउन सकिने बताउनु भएको हो ।
जेनजीको विंध्वसपछि बनेको सरकारले गरेको असंवैधानिक रुपमा विघटित प्रतिनिधि सभा पुनःस्थापना हुनु पर्ने तब मात्र मुलुकले निकास पाउने झापा इन्चार्ज ओलीले बताउनु भयो ।

संसद पुर्नःस्थापना गरी संवैधानिक प्रक्रियावाट सर्वपक्षीय ÷सर्वदलीय सरकार गठन सहितको आवाज उठाउन यही कार्तिक २९ गते शनिवार विर्तामोडमा हुने बृहत जनजागरण सभामा पार्टी कार्यकर्ता ,शुभचिन्तक र शुभेच्छुकहरुलाई सक्रिय रुपमा सहभागी हुन उहाँले आब्हान गर्नु भयो ।

मनकामना टोल कमिटी अध्यक्ष पोष्टनाथ निरौलाको अध्यक्षतामा भएको टोल भेलाको आवश्यकता किन भन्ने विषयमा एमाले झापा जिल्ला सदस्य तथा प्रेस चौतारी इन्चार्ज मन कुमार गदालले पार्टी केन्द्रको गतिविधिको जानकारी दिन,रचनात्मक सुझाव लिन,टोलको अवस्थाको जानकारी पाउन र टोल तथा उपल्ला कमिटी वीच भेटघाटलाई निरन्तरता दिन र विर्तामोडमा हुने जिल्ला स्तरीय जागरण सभामा सहभागी हुने अनुरोध गर्ने लगायतका विषयमा बोल्नु भएको थियो ।

सम्पन्न भइसकेका टोल भेलाका सहभागीहरुले पार्टीका गतिविधि,पार्टीवाट जितेर गएका जनप्रतिनिधिहरुले गरेको विकास निर्माण लगायतका सन्दर्भमा उठाएका जिज्ञासाहरुको जवाफ सहभागी उपल्ला कमिटीले नेताहरुले दिएको एमाले दमक ८का वडा सचिव प्रकाश रिजालले बताउनु भयो ।

एमाले वडा कमिटी दमक ८को निर्णय अनुसार गत कार्तिक २२ गते देखि सहिद टोल कमिटी,किरात कञ्चन टोल कमिटी,सरस्वती टोल कमिटी,शिवालय टोल कमिटी र आज सम्म मनकामना टोल कमिटीले टोल भेला गरिसकेको वडा कमिटी अध्यक्ष खेम श्रेष्ठले जानकारी दिनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend