logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा माङहिम समुद्घाटन र शालिक अनावरण


  • उमानाथ भण्डारी
  • मंगलबार, कार्तिक २५ २०८२

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा निर्माण गरिएकोे किरात तियेङलुङ चोलुङ माङहिमको आज समुद्घाटन सम्पन्न भएको छ ।

सोह्रौ रष्ट्र विभूती महागुरु फल्गुनन्दको १४१ औं जन्म जयन्ती,को अवसर पारेर किरात धर्मगुरु आत्मा लिङ्गदेन र श्रीमती पवितत्रा हाङ्गमा साँवा लिङ्गलेनको संयुक्त वाहुली बाट नेपालकै अग्लो माङहिमको समुद्घाटन तथा महागुरु फल्गुनन्दको पुर्णकदको शालिक अनावरण गरिएको हो ।

विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो ।

यसलाई सत्य धर्म मुचुल्का भनिन्छ , यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो । किरात समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

माङहिम निर्माणकालागी स्थानिय दल बहादुर मेन्याङ्गवो द्वारा तत्कालिन ९० लाख मुल्य बराबरको ३ कठ्ठ जमिन निशुल्क उपलब्ध गराउनु भएको थियो । सोही जग्गामा निर्माण गरिएको माङहिम ५३ फुट अग्लो ९ तलाको रहेको छ । माङहिमको निर्माण कार्य १० वर्ष अगाडी देखीसुरु गरिएको थियो । माङहिम निर्माणका लागी कमल गाउँपालिका , प्रदेश सरकार का साथै चन्दा दाताहरुको सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको हो ।

करिव ८९ लाख रुपैयाको लागतमा नेपालकै अग्लो माङहिम निर्माण गरिएको छ । त्यस्तैे २२ लाख रुपैयामा यज्ञकुण्ड र ४१ लाख रुयैयामा महागुरु फाल्गुनन्दको ९ फिट अग्लो पुर्णकदको शालिक निर्माण गरिएको कोषाध्यक्ष लाख बहादुर मावोले जानकारी दिनुभयो ।

विश्व शान्ती, मानव एकता धार्मिक सहिष्णुता को मुख्य उद्येश्य लिएर आयोजना गरिने कार्यक्रम कुनै एक जातीको मात्र नभएर सबै धर्मालम्बी हरुको साझा भएकोले हजारौंको उपस्थितीमा समुद्घाटन कार्यक्रम गरीने भएकोले कार्यक्रमलाई व्यपक बनाउन सबैको साथ र सहयोग अनिवार्य रहेको किरात तियेङलुङ चोलुङ माङहिमका सचिव नर बहादुर लिङदेनले बताउनुभयो ।

किरात तियेङलुङ चोलुङ माङहिमका अध्यक्ष सुर्यप्रसाद एक्पाङदेन (लिम्बु)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात धर्म सहित्य उत्थान संघका केन्द्रि अध्यक्ष डकेन्द्र सिह थेगिमको प्रमुख आथ्यितामा रहेको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend