कमल । नेकपा (एमाले) ले सञ्चालन गरिरहेको देशव्यापी जनजागरण अभियान अन्तर्गत झापाको कमल गाउँपालिकामा आज (मङ्गलबार)बृहत् मोटरसाइकल ¥याली आयोजना गरिएको छ ।
उक्त ¥याली कमल ५ स्थित पाडाजुँगी बाट सुरु भई दहिचौक, छलफल चौक, समायगढ,बाँसवारी, सुनारा,क्याम्पा हुँदै केर्खाबजार पुगेर कोणसभामा परिणत भएको थियो ।
मोटरसाइकल ¥यालीमा कमल गाउँपालिका विभिन्न टोल, गाउँ क्षेत्रका हजारौं एमाले कार्यकर्ता, समर्थक र युवा सहभागी रहेका थिए । करिब ३ सय मोटरसाइकल र सो मोटरसाइकलमा सहभागीले पार्टीको झण्डा, ब्यानर र नाराबाजी सहित ¥यालीमा उत्साहपूर्वक सहभागिता जनाएको एमाले पार्टीका गाउँकमिटी सचिव विरेन्द्र अधिकारीले जानकारी दिए ।
गाउँकमिटी अध्यक्ष हरि ढकालले मोटरसाईकल ¥याली आयोजना गर्नुको उद्देश्य बारे जानकारी गराएपछि पाडाजुँगी बाट सूरु भएको ¥याली केर्खामा कोणसभामा पछि सम्पन्न भएको थियो ।
अहिलेको अन्तरिम सरकार संवैधानिक नभएको भन्दै यो सरकारले फागुन २१ को घोषणा गरेका चुनाव गराउने कुनै आधार नभएको र अहिले सम्म चुनावकालागी बतावरण समेत नभएको नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा झापा ईन्चार्ज रोम ओलीले बताउनु भयो ।
त्यसैगरी गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको औचित्य र उद्देश्यप्रति प्रश्न उठाउँदै उक्त आन्दोलन एमाले प्रति नियोजित र उद्देश्यपूर्ण रूपमा एमालेविरुद्ध गरिएको आन्दोलन भएको ओलीले बताउनु भयो ।

पार्टी संगठनलाई थप सशक्त बनाउने र आसन्न निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने विश्वासका साथ आयोजना गरिएको मोटरसाईकल ¥यालीमा एमालेका केन्द्र ,प्रदेश जिल्ला र गाउँकमिटीका सम्मका नेता कार्यकर्ताका साथै शुभचिन्तकहरुको व्यापक उपस्थिती रहेको थियो ।

शान्तिपूर्ण रूपमा सम्पन्न उक्त ¥यालीले कमल गाउँपालिका वातावरण उत्साहमय बनेको थियो । सहभागीहरूले मुलुकमा स्थिरता, सुशासन र विकासका लागि एमाले नेतृत्व आवश्यक रहेको नारा घन्काएका थिए । कोणसभापछि ¥यालीमा सहभागीले नाचगान गर्दै रमाईला गरेका थिए ।