logo
मंगलबार, कार्तिक ११ २०८३

फुटबल खेलाडी लिम्बु इजम समाज द्वारा सम्मानित


  • गोविन्द ल्वागुन
  • शनिबार, कार्तिक २२ २०८२

शिवसताक्षी । राष्ट्रिय महिला फुटबल खेलाडी सरु इजम लिम्बु लाई इजम (लिम्बू) समाज शिवसताक्षी(झापा)ले नगदसहित सम्मान गरेको छ ।

शिवसताक्षी नगरपालिका ११ स्थित दूधेमा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलको खेल समाप्तिसँगै इजम समाजले मोरङ पथरी निवासी सरु इजम लिम्बूलाई नगद ५१ हजारसहित सम्मान पत्र प्रदान गरेको हो ।

इजम लिम्बूको छोरीले फुटबल खेलको क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै समाजले नगदसहित सम्मान गरेको शिवसताक्षी इजम समाजका उपाध्यक्ष नबिन इजमले जानकारी दिनुभयो ।
सम्मानपत्रमा फुटबल क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि फुटबलर सरुको योगदान रहोस् भन्ने कामनासहित शुभेच्छा प्रकट गरिएको छ ।

सरु अहिले सशस्त्र प्रहरीको एपिएफ एफसीबाट फुटबल खेलिरहेकी छन् । उनको क्लब झापामा जारी महिला गोल्डकपमा फाइनल प्रवेश गरेको छ । एक दशक लामो समयदेखि फुटबल क्षेत्रबाट नेपालको प्रतिनिधित्व गरिरहेकी छन ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend