logo
शुक्रबार, साउन २९ २०८३

कमल ४ का वडा सदस्य नविन जनता माझ लोकप्रिय बन्दै


  • कुइनेटो न्युज
  • मंगलबार, कार्तिक ११ २०८२

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ४ का वडा सदस्य नविन जनता माझ लोकपृय बन्दै हुनुहुन्छ ।

जनप्रतिनिधी संग काम गर्ने ईच्छाशक्ति भए वडामा पनि धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेका नविन राई पछिल्लो समय जनता माझ निकै लोकपृय बन्दै हुनुहुन्छ ।

कमल गाउँपालिकाको अधिकांस नागरिक कृषी पेशामा आश्रीत छन् । कृषककालागी आवश्यक मल, विउ समयमा उपलब्ध नभएका कारण कतिपय कृषकले आफुले चाहेर पनि सोचे जस्तो उत्पादन गर्न सकिरहेका छैनन् ।

यसैलाई मध्यनजर गर्दै राईले गाउँपालिकामा कार्यरत कृषी प्राविधिक प्रेम पोख्रेलको सहयोगमा तथा टोल विकास संस्थाको सहकार्यका स्थानिय ठाउँमा पाईने निम , गउँत लगायत झारपात जडीबुटी प्रयोग गरेर वडाका कृषकलाई आवश्यक पर्ने जैविक मल र विषादी उत्पादन सहजीकरण गर्नु भएको छ ।

यसरी जनप्रतिनिधी र प्राविधिकको सहयोगमा आफ्नै टोलमा जैविक विषदी उत्पादन भएपछी कृषकलाई धेरै सहयोग पुगेको छ । जैविक विषदी प्रयोगले कृषकले उत्पादन गरेको तरकारी आग्र्यनिक भएको छ भने विषादी खरिदमा हुने कृषको खर्च समेत बचत भएको कृषक नेत्र कोईराला बताउनुहुन्छ ।

यसका साथै राईले आफ्नो वडामा रहेका व्यवसायीक कृषकले लगाएको विभिन्न खेती वालीको अनुगमन गर्ने र उत्कृष्ट कृषकलाई वडा र पालिकाको तर्फ बाट समेत अनुदान उपलब्ध गराउनु भएको छ । यसले व्यवषायीक कृषकलाई थप उत्पादनमा सहयोग पुगेको स्थानिय कृषक ईन्द्र श्रेष्ठ बताउनुहुन्छ ।

आफ्ना वडामा रहेका नागरिकको समस्या नजिक बाट बुझेका राईले सामाजिक सुरक्षा भक्ता वितरणमा समेत जेष्ठ नागरिकलाई आफै खटेर सिटी सफारीमा नै भक्ता वितरण गर्नु भएको छ । जसका कारण वडाको किराँत टोल, सिद्धार्थ टोल , एकता टोल र सितापुरीका लाभग्राहीलाई धेरै सहज भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend