logo
शुक्रबार, साउन २९ २०८३

राष्ट्रपतिले बोलाए प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज २४ २०८२

काठमाडौं । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् ।

  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलहरूलाई दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन्।
  • राष्ट्रपतिले चुनावको राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका थिए।
  • प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको तयारी र सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन्।

२४ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो ।

भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई प्रधानमन्त्रीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।

अनलाईनखवर बाट

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend