logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सरकार द्वारा बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउदै


  • कुइनेटो न्युज
  • बुधबार, असोज २२ २०८२

विराटनगर। कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी पहिरो पीडित परिवारलाई धमाधम राहत सामग्री पठाउन थालेको छ।

हेलिकप्टर र अन्य सवारी साधन मार्फत हिजो सामग्री ुर्‍याएको कोशी प्रदेश सरकारले आज पनि तीन ट्रकभन्दा बढी सामग्री माइजोगमाई, माई, इलाम, नगरपालिका र झापा गाउँपालिका लगायतका क्षेत्रमा पठाएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारसँग भएका सबै सामग्रीहरु तीव्र गतिमा पठाइएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी संयन्त्रको बैठकहरु पनि धमाधम राखेर राहत सामग्री पठाउने काम भइरहेको जानकारी दिनुभएको छ।

मुख्यमन्त्री कार्कीले सरकारले मृतकका परिवारलाई रकम पठाउने र अत्यावश्यक सामग्रीहरु पठाउने कामलाई स्रोत साधनले भ्याएसम्म निरन्तर जारी राख्ने बताउनुभयो। प्रदेश सरकारका मन्त्रीहरू पनि आआफ्नो ठाउँमा फिल्डमै गएर निर्माण र पुनर्निर्माणको काममा ध्यान दिन सुरु गरेको उहाँले बताउनुभयो।

सरकारले राहत सामग्री पठाएसँगै भत्किएका सडक र अन्य संरचनाहरू बनाउनका लागि आवश्यक तयारी सुरु गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend