logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका द्वारा ईलाका प्रहरी कार्यालयलाई सवारी साधन हस्तान्तरण


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज १० २०८२

कमल । झापाको कमल गाउँपालिका द्वारा इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन हस्तान्तरण गरिएको छ ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण देशै भर ठुलो मात्रमा सरकारी कार्यालय र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो । सोहि क्रममा दमक स्थित इलाका प्रहरी कार्यालयमा भएको आगजनीका कारण कार्यालय भवन र सवारी साधन पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

आन्दोलन बाट उत्पन्न विषम परिस्थितिको समयमा इलाका प्रहरी कार्यालय, दमक झापाको सबै सवारी साधनहरुमा क्षति पुगेको र शान्तीसुरक्षाको दृष्ट्रिकोणबाट सवारी साधन अति आवश्यक भएकोले पालिकाले सवारी साधन हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।


मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र (प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा सञ्चालित) अन्तर्गत प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरबाट कमल गाउँपालिकालाई प्राप्त भएको प्र.१–०२–००१झ०७३० नम्बरको पिकअप भेन कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकाल मार्फत ईलाका प्रहरी कार्यालय दमकका प्रमुख, प्रहरी नायब उपरीक्षक (डि.एस.पि.) राम प्रसाद तिम्सिना लाई चाबी हस्तान्तरण गरिएको हो ।

प्रहरी कार्यालयले अर्को सवारी साधनको व्यवस्था नगरुन्जेल सम्म वा कमल गाउँपालिकालाइ आवश्यक भएको समयमा पुःन फिर्ता लिने सक्नेगरी अहिले तत्काललाइ आफु मातहतमा रहेको प्रहरी भ्यान ईलाका प्रहरी कायालयलाई हस्तान्तरण गरिएको हो र र यसले प्रहरीलाई दैनिक कार्य सञ्चालनमा सहज र शान्ति सुरक्षा कायम गर्न मद्दत पुग्ने प्रमुख प्रसाशकिय अधिकृत ढकालले बताउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend