कमल । झापाको कमल गाउँपालिकाकालाई संघ र प्रदेश सरकारका तर्फबाट स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।
गाउँपालिकाका नागरिकलाई स्वास्थ्यको क्षेत्रमा थप सहयोग पुर्याउने उद्येश्यले संघ र प्रदेश सरकारका तर्फबाट स्वास्थ्य उपकरण उपलब्ध गराईएको हो ।
गाउँपालिकालाई प्राप्त स्वास्थ्य सामाग्री पालिका अध्यक्ष हुकुम सिंह राई द्वारा अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
अस्पताललाई सबल बनाउन प्राप्त उपकरणले महत्वपूर्ण सहयोग पुग्नुका साथै कमलवासी नागरिकले गाउँमै गुणस्तरीय र विश्वासिलो स्वास्थ्य सेवा पाउनेमा आफु विश्वस्त रहेको अध्यक्ष राईले बताउनु भयो ।

संघीय सरकारले अस्पताललाई दन्त उपचारदेखि प्रयोगशाला परीक्षणसम्मका विभिन्न उपकरण उपलब्ध गराएको अस्पतालका प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।
अस्पताललाई प्रदान गरिएका उपकरणमा डेण्टल चियर,डेण्टल कम्प्रेसर,अक्सिजन सिलिण्डर,डेन्टल ईन्सटुन्र्समेन्ट सेट,मेडिकेशन स्टेन,ए.आर.ई. साउण्ड टाईमर,सेन्ट्रिफ्यू मेसिन,पाईपपेट स्टेन , पल्स अक्सिमिटर (हेन्ड हेल्ड), सेमि अटो एनालाइजर मेसिन (१ थान) र अक्सिजन कन्सन्ट्रेटर (१ थान)लगायतका उपकरण अस्पताल प्रशासनले प्राप्त गरेको अस्पतालका मेसु डा. फुलकचन्द लावतीले बताउनु भयो ।