कमल । इलामको चुलाचुली गाउपालिका ४ मा जेन्जी आन्दोलनमा ज्यान गुमाएका हरुको सम्झना गर्दै दिप प्रज्वलन गरीएको छ ।
गाउपालिकाको वडा नम्बर ४ स्थित कन्चनजङ्गा टोल बिकास सस्थाको आयोजनामा बुधवार साँझ सयपत्री चोकमा दिप प्रज्वलन गरेको हो ।
जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्ने लगायत माग राखेर भदौ २३ र २४ गते देशैभरी आन्दोलन गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ५९ जना प्रदर्शनकारी, ३ जना नेपाल प्रहरी र बिभिन्न जेलका कैदिबन्दीहरु भाग्ने क्रममा १० जना गरी जम्मा ७२ जनाको मृत्यु हुनुका साथै ३ सय ४७ जना भन्दा माथी घाइते भएका थिए ।
नेपाल सरकारले आन्दोलनका क्रममा मृत्युहुनेहरुको सम्झनामा असोज १ गते बुधवार राष्ट्रिय शोक दिवसका रुपमा सार्वजानिकबिदा समेत दिएको थियो ।
सोहि अवसरमा मृतकको सम्झनामा दिप प्रज्वलन गरेको कन्चन्जंघा टोल बिकास सस्थाका अध्यक्ष चक्र गजमेरले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा इलाम का बिभिन्न पालिकामा ठुलो जनधनको क्षति भएता पनि चुलाचुली गाउपालिका भित्र भने कुनै पनि क्षति तथा अप्रिय घटना नभएको गाउँपालिकाले जनाएको छ ।