logo
शुक्रबार, साउन २९ २०८३

धरमपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिकोत्सव तथा साधारण सभा सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, भाद्र १९ २०८२

धरमपुर / शिवस्ताक्षी १ धरमपुर बजारमा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिकोत्सव तथा साधारण सभा बुधबार सम्पन्न भएको छ ।
धरमपुर उत्तर तर्फको धरमपुर मिनि पार्कमा शिवसताक्षी १ का वडाध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष कुमार शंकरले बार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
उहाले रु ७,८७,९९,३००.३०वासलात र
रु. १७,९१,०५७.५०खुद बचत रहेको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भयो । त्यस्तै संस्थाको असार मसान्त सम्ममा बचत रु. ५५७७१३८२/४३
ऋण लगानी रु. ७०७४१७५९
सेयर पुँजी रु.९०६६८००
जगेडा कोषमा रु. ८९,६७८९६.९९
जम्मा आम्दानी रु. १,००२८१६९
जम्मा खर्च रु. ८२३७११२.११ भएको अध्यक्ष शंकरले बार्षिक प्रतिबेदन मार्फत जानकारी गराउनु भयो ।
संस्थामा हाल कूल ४ सय ३२ जना शेयर सदस्य रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सभामा प्रस्तुत सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिनुभयो ।

साधारण सभामा प्रमुख अतिथी चेम्जोङ , वडा सदस्य नारायण प्र. रिजाल, संस्थापक अध्यक्ष सुर्य किरण ढकाल
, पुर्व अध्यक्ष दिप कुमार श्रेस्ठ लगायतले सुभकामना मन्तब्य बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाले बर्षेनी प्रदान गर्दै आएको उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी कर्मचारी पुरस्कार लगायतका विभिन्न विधामा शेयर सदस्यहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो ।
यसरी पुरस्कृत हुनेमा क्रमशः उत्कृष्ट बचतकर्ता- (१)भिम बहादुर थापा शिवसताक्षी १, (२) फुल कुमारी चेम्जोङ्ग शिवसताक्षी १,(३) कुमारी लिम्बू शिवसताक्षी२
उत्कृष्ट ऋणि
१. दिपक श्रेस्ठ शिवसताक्षी १
२. देवेन्द्र कुमार आङ्देम्बे शिवसताक्षि १
३. शान्ता खापुङ्ग शिवसताक्षी २ रहेका छ्न । त्यस्तै पत्रकारिताको माध्यमबाट सहकारीको उनयनको निम्ती उल्लेख्य भुमिका खेलेको भन्दै पत्रकार अनिलदेब राईलाई नगद सहित सम्मान गर्ने भएको छ । उहालाई संस्थाको स्थपना दिवस बैसाख २२ गते सम्मान गरिने ब्यबस्थापक ढकालले बताउनु भयो ।
त्यसै गरि संस्थाले आगमी ०८२/०८३ मा सेयर सदस्यहरुलाई बिभिन्न सेवा सुबिधा संगै सामाजिक उत्तरदायीत्व बहन गर्ने योजनाहरु अघि सारेको छ ।
योजनाहरु निम्नुसार रहेको छ ।

१.मृत्यु संस्कार बापत रु. १०००० देखि ३००००
२. क्यान्सर, मुटुको भल्भ फेर्न, मृगौला डायलसिस सल्यक्रिया, पुर्ण पक्षघात उपचारको लागि रु. १००००
३.दैबी प्रकोपले बसोबास गरिरहेको घर पुर्ण रुपमा क्षती भएमा रु. १००००
३. सेयर सदस्यलाइ उपचारको लागि रगत आबस्यक परे १ पिन्ट रगत को शुल्क सुबिधा प्रदान गर्ने
४. ८० बर्ष माथिका शेयर सदस्यहरुलाइ जेस्ठ भत्ता बार्षिक रु. १०००
५. सुत्केरी एवं नवजात शिशु भेटघाट कार्यक्रम अन्तर्गत रु. १००००
६. शेयर सदस्यहरुको रु. १००००० बराबरको दुर्घटना बिमा
न्यानो कपडा बितरण १५० थान
१.बालकल्याण आधारभुत बिधालय शिवसताक्षी ५
२. गौरिसंकर आधारभुत बिधालय शिवसताक्षी ६
३. शिव आधारभुत बिधालय शिवसताक्षी ९

विद्युतिकरण
हात्ती प्रबेस प्रभाबित क्षेत्र शिवसताक्षी न. पा. १ कमल पुल र फुलबारी चोकमा होलिजिन बत्ती
१ प्रहरी बिट ठूलो बनाउन रु. ५००००/ र
पत्रकार सम्मान अनिलदेव राई लाई रु. ५१०० सहित सम्मान पत्र द्वारा सम्मान गरिने बताइएको छ ।

संस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बिनोद ढकाल र संस्थाका सचिब नारादमणी रिमालले संयुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend