logo
मंगलबार, कार्तिक ११ २०८३

सिंहदेवीको १४औं वार्षिक साधारणसभा सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र १८ २०८२

कमल। झापाको कमल गाउँपालिका ३ स्थित श्री सिंहदेवी मन्दिर ब्यबस्थापन समितिको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धनराज गिरीको अध्यक्षता तथा ३ न वडाध्यक्ष अग्नि प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको सभाले पुनः आगामी कार्यकालकोलागी मन्दिर व्यवस्थापन समितिको अध्यक्षतामा गिरी लाईनै सर्वसम्मत अध्यतामा चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा निर्मला नेपाल सचिव पुन्य प्रसाद पोख्रेल, सह सचिव हिम बाहादुर खड्का कोषध्यक्ष कृष्ण प्रसाद लामिछाने समेत सर्व सम्मत चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सोमलाल चापागाई, डिल्लिराम सुवेदी, डिल्लिराम घिमिरे, पवित्रा सुवेदी, मेनुका बजगाँई, कल्पना डाँगी, साबित्रा पौडेल र भिम प्रसाद राई चयन हुनुभएको हो ।

साधारण सभाले आर्थिक बर्ष ०८१÷०८२ को आय÷ब्यय अनुमोदन समेत गरेको छ ।

सभामा केर्खा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक शारदा प्रसाद पौडेल विभिन्न मठ–मन्दिर ,भजन किर्तन समूह का प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको झलक कुमार शिवाकोटीले सञ्चालन गर्नु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend