logo
शुक्रबार, साउन २९ २०८३

कमला मदन आश्रित मा.वि.द्वारा तीज विशेष कार्यक्रम सम्पन्न


  • उमानाथ भण्डारी
  • आइतबार, भाद्र ८ २०८२

कमल । नेपाली महिला हरुको महान चाड हरितालिका तीजका अवसरमा आजभोली विभिन्न संघसस्थाको आयोजनामा जताततै तिज विशेष कार्यक्रम भैरहेका छन् ।

यसै क्रममा झापाको कमल गाउँपालिका २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालयले शिक्षक, कर्मचारी र विध्यार्थिक बिच दर खानुका साथै विभिन्न प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरेको छ ।


विध्यालयले आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तरगत विध्यार्थीहरु बिच एकल र सामुहिक नृत्य आयोजना गरिएको विध्यालयका प्रधानाध्यापक हिम प्रसाद दाहालले जानकारी दिनुभयो ।

विध्यालयले आयोजना गरेको एकल नृत्य तर्फ प्रथम मिनिक्षा न्यौपान,े द्वितीय अदिती प्रसाईं र तृतीय चन्द्रकला खतिवडा हुनुभएको थियो । वहाँहरुलाई क्रमश ४ सय ,३ सय र २ सय रुपैया द्वारा पुरस्कृत गरिएको थियो ।


त्यसैगरी सामुहिक नृत्य तर्फ प्रथम कक्षा ८ को समुह ( सलिना इजम , मिनिक्षा न्यौपाने , सोनु हस्दा , अनु लिम्बु , प्रसिद्धि अधिकारी , दिब्या भुजेल ) भएको थियो भने द्वितीय कक्षा ११ को समूह ( अदिती प्रसाईं , रेसु तामाङ , शिक्षा खतिवडा , दिपा खनाल , शान्ति कटुवाल , रिस्ता बस्नेत , रेजिना कटुवाल , एलिसा नेपाल ) भएको प्रधानाध्यापक दाहालले बताउनु भयो । सामुहीक नृत्य तर्फ प्रथम हुने टिमलाई नगद १ हजार र द्वतिय हुने टिमलाई नगद ५ सय द्वारा पुरस्कृत गरिएको थियो ।


विध्यालयकी शिक्षिका तथा तीज विशेष कार्यक्रमकी संयोजक भिमा दुलालको अध्यक्षता तथा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर बरालको प्रमुख अथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रम विध्यालयकी शिक्षिका शुष्मा खनालले सञ्चालन गर्नु भएको थियो भने स्मृति न्यौपानेले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend