कमल । झापाको कमल गाउँपालिका ३ स्थित जेष्ठ नागरिक संघ वडा समितिले एक कार्यक्रमका बिच जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै जलपान गराएको छ ।

मुक्तेश्वर शिवालय मन्दिरको सभाहलमा आयोजित जेष्ठ नागरिक संघले बुबाको मुख हेर्ने दिनको अवसर पारेर वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान गर्नुको साथै जलपान गराएको हो ।
कार्यक्रममा वडामा स्थाई रुपमा बसोवास गर्ने जेष्ठ नागरिक हरु मध्ये जेष्ठताको आधारमा ९ जान जेष्ठलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा हरमाया पौडेल (१०१ वर्ष) इन्द्र छायाँ पोखरेल (१०१ वर्ष) , ओमनाथ भट्टराई (९७ वर्ष) , देबीभक्त बजगाई (९३ वर्ष) , गङ्गाराम धिताल (९३ वर्ष), केरे खड्क कुमारी दाहाल (८९ वर्ष), मोतीमाया लिम्बु (८९ वर्ष) ,सीतादेबी भठ्ठराई (८४ वर्ष) र नर बहादुर कामी (८२ वर्ष)लाई खादा ,ठाका टोपी र सम्मान पत्र द्घारा सम्मान गरिएको थियो ।

जेष्ठ नागरिक र पछिल्लो पुस्ता बिचको सम्बन्ध रहे मात्र हाम्रो काला, संस्कार, संस्कृती जिवित रहन्छ । होईन भने वहाँहरु सगै लोप भएर जान्छ त्यसैले यस्ता कार्यक्रम संगसंगै पछिल्लो पुस्ता र जेष्ठ नागरिक लाई एकै ठाउमा राखेर अन्तर सम्बाद गर्न आवश्यक रहेको कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनु भयो ।
जेष्ठ नागरिक संघ वडा समितिका अध्यक्ष पुष्प प्रसाद बास्तोलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सह सचिव लैन बहादुर पौडेलले गर्नु भएको थियो ।