logo
शुक्रबार, साउन २९ २०८३

माटो जोगाउनकालागी दौड


  • कुइनेटो न्युज
  • बुधबार, असार १५ २०७९

कमल, असार १५ । धरतीको माटो दैनिक रुपमा विनाश भैरहेको र यो क्रम नरोकिए मानव जिवन नै संकटमा पर्ने माटो जोगार्औ अभियानका अभियान्त बताउछन् ।
धरतीको माटो विनाश भईरहेको तर्फ अहिले विश्वको ध्यान आकर्षित हुन थालेको छ । विग्रीएको माटोलाई जोगाउ भन्ने अभियानका साथ काठमाडौ बाट १६ दिन लगाएर दौडदै आज झापाको दकम आई पुग्नु भएका नविन पुनले बताउनु भयो ।
वालीमा पोषण पुर्याउनकोलागी माटोमा जैविक सूक्ष्म जीवतत्व हुन आवश्यक छ तर विभिन्न कारणले अहिले माटो विनाश भैरहेको छ । अहिले हरेक सेकेण्डमा एक एकड माटो मरुभुमि बनिरहेको छ । जसले गर्दा विश्वको ५२ प्रतिशत माटो विनाश भईरकेको छ । यदी यसलाई नरोक्ने हो भने अवको ६० वर्षसम्म बाली उत्पादन हुन्छ र त्यस पछि सबै मरुभुमि हुनेभएकोले सबैले माटो जोगाउन तर्फ लाग्नु पर्ने सनम लिम्वु बताउनुहुन्छ
माटो जोगाउनकालागी दौड भन्ने नाराका साथ सात वटै प्रदेशगरी ३ हजार ५ सय किलो मिटर दौडने पुरा गर्ने क्रममा पुन आज दमक आई पुग्नु भएको हो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend