logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालमा सुत्केरी सेवा सफलता पूर्वक सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र ४ २०८२

कमल । झापाको कमल गाउँपालिका २ स्थित कमल नगर अस्पतालले सोमवार सुरक्षित सामान्य सुत्केरी (Normal Delivery)सेवा सफलतापूर्वक प्रदान गरेको छ ।

तालिमप्राप्त नर्सिङ्ग (SBA) अन्जना सापकोटा, नर्सिङ स्टाफ, कर्मचारीहरू तथा डा. फुलक चन्द्र लावतीको सक्रियतामा सुत्केरी सेवा प्रदान गरिएको हो । आमा र शिशु दुवैको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।

यसै अवसरमा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले अस्पतालको अनुगमन गर्नुभएको थियो । उहाँले सुत्केरी सेवा लिएका आमासँग प्रत्यक्ष भेटघाट गर्दै स्वास्थ्य अवस्थाको अवलोकन गर्नुभएको थियो ।

उपाध्यक्ष न्यौपानेले अस्पतालमा आएका विरामिको स्वास्थ्य अवस्था बुझ्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई “मुस्कानसहित गुणस्तरीय सेवा दिन“ निर्देशन समेत दिनुभएको थियो । भने अस्पतालमा निर्माणाधीन नवनिर्मित ट्रस संरचनाको निरीक्षण समेत गर्नु भएको थियो ।

त्यसैगरी अस्पतालमा परिवार नियोजन कार्यक्रम अन्तर्गत २ जनामा इम्प्लान्ट राख्ने र २ जनामा इम्प्लान्ट निकाल्ने सेवा सम्पन्न भएको थियो । अस्पतालमा कार्यरत परिवार नियोजन फोकल पर्सन गीता मगरातीले महिलाहरूलाई आवश्यक परामर्श प्रदान गर्दै सुरक्षित तरिकाले सेवा उपलब्ध गराउनुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend