logo
शुक्रबार, साउन २९ २०८३

शिक्षा क्षेत्रमा छुट्टाछुट्टै ऐन बनाउन सकियो भने सुधार ल्याउन सकिन्छ : मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • मंगलबार, साउन २० २०८२

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शिक्षकहरूको सेवा सुविधा र शैक्षिक क्षेत्रको विषय समेटेर भिन्दाभिन्दै ऐन बनाउन सकियो भने मात्रै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभएको छ।

हिजो साँझ १२ कक्षाको परीक्षाको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले “परीक्षाफल मात्रै शैक्षिक गुणस्तरको मापन होइन,” तर शिक्षा प्रणालीको समग्र अवस्थामाथि पुनर्विचार आवश्यक भएको बताउनुभयो।

उहाँले शैक्षिक गुणस्तर कसरी सुधार गर्ने भन्ने विषयमा सार्वजनिक छलफल अत्यन्तै कम भएको बताउँदै यसतर्फको छलफललाई व्यापक बनाउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले गुणस्तरभन्दा पनि सेवा सुविधामा बढी छलफल भएकाले सेवा सुविधा र शैक्षिक क्षेत्रका विषयलाई टुङ्ग्याउनको लागि भिन्दै झन् रहेको बताउनुभयो।

अहिले प्रतिनिधि सभामा शिक्षा विधेयक विचाराधीन अवस्थामा छ। तर, विद्यालय शिक्षाको सुधार र नीतिगत बहसभन्दा पनि शिक्षकहरूको सेवा सुविधा र व्यवस्थापनसँग सम्बन्धित विषय प्राथमिकतामा परेको छैन।
शिक्षकहरूको सेवा सुविधा र पारिश्रमिकका विषयमा देखिएको असमानता हटाउन अलग शिक्षक सेवा सम्बन्धी विधेयक ल्याउनु जरुरी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो“शिक्षा विधेयक र शिक्षक सेवा विधेयक फरक–फरक हुनुपर्थ्यो। त्यस्तो व्यवस्था भएमा विद्यालय शिक्षाले आवश्यक प्राथमिकता पाउनेथियो।”

शिक्षा प्रणालीको रूपान्तरणका लागि अब केवल वैदेशिक अध्ययनका लागि योग्य विद्यार्थी उत्पादन होइन, जीवनोपयोगी तथा व्यवहारिक शिक्षा कसरी दिन सकिन्छ र देशबाट हुने ‘ब्रेन ड्रेन’ कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने मा जोड दिनुभयो।

शिक्षा सुधारको बहसले केवल नतिजा र विधेयकमा सीमित नहुँदै विद्यार्थीको भविष्य निर्माण गर्ने दीर्घकालीन सोचमा पुग्नुपर्ने समय आएको उहाँले उल्लेख गर्नुभयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend