दमक/
झापाको दमकमा अल नेपाल मुयए थाई च्याम्पियनसिप बक्सिङ खेलकुद प्रतियोगिताको बिजेता पूर्णजित राई राई हुनु भएको छ । उहाँले देवेन्द्र खड्का तथा रोयल राई लाई पछि पार्दै प्रतियोगीता जीत्नु भएको हो ।
बिजेता बन्नु भएका राईले नगद १० हजार रुपैँया नगद पुरस्कार प्राप्त गर्नु भएको छ । यस्तै प्रतियोगीतामा अजीत महर्जन दोश्रो तथा देवेन्द्र खडका र रोयल राई तेस्रो हुनुभयो ।
आईतबार दमक-५ स्थित रोयाल पार्टी प्यालेसमा भएको सो प्रतियोगिता नेपाल खेलकुद महासंघ दमक नगर कमिटीको आयोजनामा सम्पन्न भएको हो ।
खेलकुद प्रतियोगिताको खेलकुद महासंघ प्रदेश नम्वर १ का अध्यक्ष राजकुमार थापाले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।
राष्ट्रिय स्तरको यस्तो प्रतियोगिता प्रदेश नम्वर १ मै पहिलोपटक आयोजना गरिएको खेलकुद महासंघ झापाका अध्यक्ष भवानी बरालले जानकारी गराउनु भयो ।
प्रतियोगितामा हिमालयन ब्लड किक बक्सिङको सहयोग रहेको थियो । खेलकुद प्रतियोगितामा एमेच्युर ५५ केजी तौल समूहतर्फ अजित महर्जन र देवेन्द्र खड्का तथा रोयल राई र पूणर्जित राईबीच भिडन्त भएको थियो भने प्रोफाइट तर्फ धर्मेन्द्र राय र कृतिम श्रेष्ठ, लाक्पा तामाङ र दावा फुन्जो शेर्पा तथा अब्राहम राई र गोपाललाल सिंहबीच प्रतिष्पर्धा भएको थियो ।
उज्यालोखबर बाट