चुलाचुली । इलामको चुलाचुली १ स्थित कुशेडाँडा पर्यटकिय स्थलमा स्थानियहरुले निरन्तर श्रमदान गरिरहेका छन् ।
समुद्री सतह देखी १५ सय मिटरको उचाइमा रहेको कुशेडाँडाको संरक्षण र प्रचार प्रसारमामा मद्धत पुगोस् भन्ने उद्येश्यले स्थानियहरुले बिगत ८ महिना देखी निरन्तर श्रमदान गरिरहेका हुन् । ।
पर्यटकिय स्थल कुशेडाँडा बाट चुलाचुली गाउपालिकाका साथै झापाको झिलझिले,केर्खा,दमक लगायत मोरङ को मधुमल्ला र उर्लाबारी लाई समेत दृस्यावलोकन गर्न सकिने र बनभोजका लागी समेत उपयुक्त स्थान भएकोले यस क्षेत्रको विकासकालागी स्थानियले नियमित रुपमा श्रमदान गर्दै आएका हुन् ।

पर्यटकिय स्थलको सुदृढी करण र सौन्दर्यकरणका लागी स्थानियले श्रमदान मार्फत सडक निर्माण ,सरसफाइ रंगरोगन गर्ने लगायतको काम हरु गरेका छन् ।
चुलाचुली गाउपालिका वडा नम्बर १ ले आर्थीक वर्ष २०८१÷८२ मा सो क्षेत्रको संरक्षणका लागी १ लाख रुपैया बजेट बिनियोजन गरेको थियो र सोही बजेट कार्यान्वयन संगै सुरु भएको श्रमदान प्रत्येक शनिवार हुदै आउको छ । र अहिले सम्म स्थनियका तर्फ बाट सन्चालनमा रहेको श्रमदान १० लाख रुपैया बराबरको भएको अनुमान गर्न सकिने स्थानिय उद्धब ओझा बताउनुहुन्छ ।
चुलाचुली १ बाट कुसेडाँडा स्वप्न डाँंडा मैनाचुली हुँदै झापाको सतासीधाम सम्म पदमार्ग को सभावना बोकेको उक्त कुसेडाँडा लाई संरक्षण तथा प्रवद्ध गर्न बिगतका वर्ष देखी नै भएता पनी पछिल्लो समय
पर्यटकिय स्थलको रुपमा बिकास गर्ने प्रयास स्वरुप श्रमदान को अभियान चलाईएको कुसेडाँडा संरक्षण समितिका अध्यक्ष दिलिप खजुम लिम्बु बताउनु हुन्छ ।
सार्वजानिक चासो र सरोकारका स्थानहरुका साथै पर्यटकिय क्षेत्रको संरक्षण र प्रचार प्रसारमा स्थानियको भुमिका महत्वपुर्ण हुने गर्दछ । त्यसैले सबै लागेर यस्ता सार्वजानिक चासो र सरोकारका स्थानहरुको विकासकालागी सम्पुर्ण गाउबासी एकजुट भएर अगाडी आवश्यक छ ।