कमल । झापाको कमल गाउँपालिकाले चालु आर्थिक वर्षमा ८५ प्रतिशत भन्दा बढी खर्च गर्न सफल भएको छ ।
महालेखा निरिक्षक कार्यलयको आज असार २६ गतेको रिपोर्ट अनुसार कमल गाउँपालिकाले चालु आर्थिक वर्षका लागी विनियोजित ७२ करोड ६८ लाख १ हजार रुपैया मध्ये ६२ करोड ४ लाख ३० हजार २०१ रुपैया खर्च गर्न सफल भएको छ । यो जम्मा वार्षिक बजेटको ८५ दशमलव ३६ प्रतिशत रहेकोे कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले जानकारी दिनुभयो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक बजेट अन्तरगत चालु खर्च तर्फ ४६ करोड ४३ लाख ७ हजार ५ सय रुपैया रहेको मध्ये ३८ करोड २५ लाख ८१ हजार ६६४ रुपैया खर्च भएको छ । यो रकम चालु खर्च तर्फको ८२ दशमलव ४ प्रतिशत हो ।
त्यसैगरी पूजीँगत तर्फ २६ करोड २४ लाख ९३ हजार ५ सय रुपैया विनियोजित रमक मध्ये २३ करोड ७८ लाख ४८ हजार ५३७ सय रुपैया खर्च भएको छ । यो पुँजगित खर्च तर्फ ९० दशमलब ६१ प्रतिशत भएको लेखा अधिकृत श्रृजना राईले बताउनु भयो ।