logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा नेपालको लागि नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम


  • कुइनेटो न्युज
  • शनिबार, असार २१ २०८२

कमल । कमलनगर जेसीजको आयोजनामा शनिवार केर्खामा नवप्रर्वतनः अन्तरक्रिया तथा कोष संकलन कार्यक्रम सम्पन्न भएको छ ।
कमलनगर जेसीजको आयोजनामा वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीको अध्यक्षता तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनको प्रमुख आतिथ्यतामा नेपालको लागि नवप्रर्वतन तथा कोष संकलन कार्यक्रम भएको हो ।

कमल ३ केर्खामा भएको कार्यक्रममा कमल गाँउपालिका १ का वडा अध्यक्ष जेसी केदार कटुवालले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो ।


विरगंज स्थित कृषी कारखाना सञ्चालनकागी आवश्यक रमक जुटाउन र युवाहरलाई उत्प्रेरणा (मोटीभेसन) जगाउने आफै द्वारा लिखीत महावीर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक विक्रि समेत गरिएको थियो ।

त्यसैगरी वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपत्री खनालले डा. पूनद्धारा लिखित पूस्तक खरिदको शुभारम्भ गर्नुका साथै आफैले सञ्चालन गर्दै आउनुभएको कमल ३ स्थित रोज पेन्टस प्रा. लि. उद्योगकोलागी अजश्यक आवश्यक उपकरणहरुको सहजिकरण तथा समन्वयको लागि गरिएको अनरोध स्वमरगर िडा पुनल डा. पूनले उद्योगको स्थलगत निरिक्षण समेत गर्नुभउको थियो ।

कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, सयोंजकहरु, पूर्वअध्यक्षहरु, सदस्यहरु, स्थानिय समाजसेवी, टोलविकास संस्था, बजार व्यवस्थापन समिति उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा डा. महाविर पूनको प्रमुख आतिथ्यताले कार्यक्रमको गरिमा अझ बढेको थियो ।

कार्यक्रममा कमलनगर जेसीजका निर्वतमान अध्यक्ष जेसी देविप्रसाद दाहाल पूर्वअध्यक्ष ,आजिवन सदस्य सदस्य, स्थानिय समाजसेवी, टोलविकास संस्थाका प्रतिनिधी, बजार व्यवस्थापनका प्रतिनिधी लगाएतको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रम कमल नगर जेसीज वर्या २०२५का माहासचिव जेसी मिलन सापकोटाले सञ्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend