logo
शुक्रबार, साउन २९ २०८३

केर्खा बजारमा दुर्गा मन्दिरको जिर्णद्वार सहित मुर्ति पुनप्रतिस्थापन


  • उमानाथ भण्डारी
  • शनिबार, असार ११ २०७९

कमल ११ असार । कमल गाउँपालिका ३ केर्खा बजारमा रहेको दुर्गा मन्दिरको जिर्णद्वार गर्नुका साथै दुर्गादेवीको मुर्ति पुनप्रतिस्थापन गरिएको छ ।
केर्खा क्याम्पा सडकको बिचमा रहेको दुर्गादेवीको मन्दिर सडक निर्माण सगै मन्दिरको जिर्णद्वारको काम सम्पन्न भएपनि आज दुर्गापुजा गरि मन्दिरको प्रतिस्थापन गरिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विरध्वाज विष्टले जानकारी दिनुभयो ।
२०४३ सालमा स्थानिय वासीले मन्दिर निर्माणगरी दुर्गादेवीको मुर्ति प्रतिस्थापन गरिएको थियो । समयक्रम सगै सडक कालोपत्रे गर्ने क्रममा ठुलो क्षेत्रफल ओगटेको मन्दिरलाई सानो आकारमा जिर्णद्वार गरी दुर्गादेवीको मुर्ति पुनप्रतिस्थापन गरीएको दुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाकार लैन बहादुर पौडेलले बताउनु भयो ।
. मन्दिरको जिर्णद्वार गर्ने क्रममा स्थानिय शहिद धर्मभक्त माध्यमिक विध्यालयमा स्थानन्तर गरिएको दुर्गादेवीको मुर्ति लाई आज पुजाआजा भजनकिर्तन सहति केर्खाबजार परिक्रमा गराएर मन्दिरमा प्रतिस्थान गरिएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend