logo
शुक्रबार, साउन २९ २०८३

कमलमा रेमी परियोजनाको वार्षिक समिक्षा सम्पन्न, रिट्रनीलाई व्यवसाय सञ्चालनकालागी प्रविधी हस्तान्तरण


  • उमानाथ भण्डारी
  • बिहिबार, असार १९ २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित वैदेशिक रोजगारीबाट फर्किएका व्याक्तिहरुको लागी पुनः एककिरण कार्यक्रम (रेमी)को आज वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कमल गाउँपालिका रोजगार सेवा केन्द्रको आयोजनामा तथा पालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत वैदेशिक रोजगारी बाट फर्किएका व्यक्तिहरुको पुनः एकिकरण कार्यक्रम रेमी परियोजनाले सञ्चालन गरेका कामको समिक्षा गरिएको थियो ।

वार्षिक समिक्षा कार्यक्रममा परियोजनाले चालु आर्थिक वर्षमा गरेका परियोजनाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका कामहरुमा ४२ वटा वस्ती स्तरिय संजाल गठन ७ वटा वडा स्तरीय आप्रवासी श्रमिक संजाल गठन ,पालिका स्तरीय आप्रवासी श्रमिक संजाल गठन १ पालिकाका सात वटै वडाका ४० जना रिट्रनी युवा युवतीलाई ७ दिवसीय उद्यमशिलता विकास तालिम प्रदान गरिएको लगायतका विषयलाई समेटेर रेमी परियोजनाका परिवार परामर्शकर्ता गंगा पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


त्यस्तै २० जना रिटर्नी तथा वैदेशिक रोजगार मा रहेका व्यक्तिको परिवार सदस्य लाई वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको छ । २० जना रिट्रनी हरुलाई इन्स्योर परियोजना संग समन्वय गरेर इन्टरलक ब्लक फ्लोरिङ को तालिम प्रदान गरिएको छ । भने प्रविधि हस्तान्तरणको कार्यक्रम सम्पन्न गरिएको कमल गाउँपािलका रोजगार संयोजक तथा रेमी परियोजनाका फोकल पर्सन भरत तिवारीले जानकारी दिनुभयो ।

उधमशिलता लिनु भएका रिट्निहरुले गरेको ब्यवसायको आधारमा दर्तामा रहनु भएका व्यवसायीलाई मागका आधारम २३ जनालाई २० प्रतिशत लागत साझेदारि मा प्रविधि हस्तान्तरण गरेका त्यसैगरी महिला बालबालिका शाखा द्वारा संचालित १ महिने ढाका बुनाई तालिम मा १ जना रिट्रनी महिला लाई ३ महिने आधारभूत सिलाई कटाई तालिम र १ जना रिट्रनी महिला ब्यूटी पालर तालिम, १ जना रिट्रनी पुरुषलाइ पविधी सिहत सदस्यलाई कफी बनाउने तालिम , तथा एकएक जना महिला र १ जना पुरुषलाई १ महिने एडमान्स सिलाई कटाई तालिम प्रदान गरिएकोे रोजगार परामर्शकर्ता दुर्गा पाण्डेले बताउनुभयो ।


इन्स्योर परियोजना द्वारा संचालित १० महिने कुक को तालिम मा १ जना रिट्नी पुरुष लाई जोड्न सहजिकाण गरेको । १ जना रिटर्नी पुरुष लाई होटेल सेफ को काममा जोड्न सहजिकरण गरेको, बैदेशिक रोजगार बोर्ड संग आथिर्क सहायता लिनको लागि समस्यामा परेकालाई रोजगार सेवा केन्द्र मार्फत आवश्यक सहयोग गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष हुकुमसिंहराई र उपाध्यक्ष प्रमिला तिवारी द्वारा उद्यमशिलता बिमस तालिम लिए पश्चात व्यवसाय दर्ता प्रकृया पुरा गरी विभिन्न व्यावसाय सञ्चालन गरिरहेका सात वटै वडाका २३ जना रिट्रनीहरुलाई व्यवसाय सञ्चालनकालागी आवश्यक पर्ने प्रविधी हस्तान्तरण गर्नु भएको थियो ।
गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत ७ नम्बर वडा अध्यक्ष पृथ्विपती राई वडा सचिव,कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखाका शाखा प्रमुख लगायत ,रेमी परियोजनाका कर्मचारी हरुको उपस्थितिमा गोष्ठि सम्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend