कमल । कमल गाउँपालिका वडा नम्वर ६ मा सन्चालित उद्घोषण तथा माईन्युट लेखन तालिम आईतवार सम्पन्न भएको छ ।
वडा बाल सञ्जालको आयोजना , कमल ६ नम्बर वडा कायालयको आर्थिक सहयोग र कुईनेटो मिडिया प्रा.लि.को प्राविधिक सहयोगमा गत शुक्रवार बाट सुरु भएको तालिम आईतवार सम्पन्न भएको हो ।
६ नम्वर वडामा रहेका बालबालिकालाई लक्षित गरेर सुरु गरिएको तालिममा ५० जना भन्दा बढी बालबालिका सहभागी रहेका छन् । तालिममा सहभागी लाई सहजकर्ता विष्णु प्रकाश निरौला र सोमराज ढकालले सहजीकरण गर्नु भएको थियो ।
वालबालिकाको पढाईका साथै क्षमता अभिवृद्धीकालागी गाउँपालिका लागिपरेको छ । यस्ता तालिमले वालवालिको क्षमता विकासमा ठुलो सहयोग पुग्ने छ । भोलिको दिनमा यो मुलुकको नेतृत्व गर्ने जिम्मा तपाईहरुको हो । त्यसैले आज देखी नै आफ्नो क्षमता विकास गर्दै तालिमा सिकेका कुरालाई व्यवहारमा लागुगर्न कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

उद्घोषण तथा माईन्युट लेखन अहिलेको आवश्यकता हो । त्यसैलाई मध्यनजर गर्दै वडाको तर्फ बाट यो तालिमको आयोजना गरेका र्हौ । तालिम अतिनै महत्व छ । सहभागी सबैले तालिममा सिकेका कुराराई भोलिका लिनमा आफ्नो जिवनमा पैयोग गर्न ६ नम्बर वडा अध्यक्ष नरेन्द्र भट्टराईले तालिममा सहभागी बालबालिकालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागीका तर्फ बाट दीपसन सापकोटा र अनुस्का खतिवडाले तालिम अतिनै उपयोगि भएो बताउनु भयो । समापन कार्यक्रममा सहभागीलाई उपाध्यक्ष न्यौपाने वडा अध्यक्ष भट्टराई वडा सदस्य गंगा राई र रोजिना बि.क.ले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
वडा बाल सञ्जालका अध्यक्ष रचित आचार्यको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम सचिव सुरज सेडाईले सञ्चालन गर्नु भएको थियो ।