logo
शुक्रबार, साउन २९ २०८३

कमल ६ मा कृषी ओजार वितरण


  • कुइनेटो न्युज
  • सोमबार, असार ९ २०८२

कमल । कमल गाउँपालिका वडा नम्वर ६ मा आईतवार साना मेसिनरी औजार वितरण गरिएको छ ।

वडा कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ वार्षिक लक्ष अनुसार आईतवार एक कार्यक्रमका बिच मेसिनरी औजार वितरण गरिएको हो ।

वितरण गरिएका सामाग्रीहरमा स्प्रे टंकी थान र हातेठेला थान वितरण गरिएको कृषी प्रविधिक गिता खड्काले जानकारी दिनुभयो ।

वडा बाट वितरण गरिएको स्प्रे टंकीले हामिलाई धेरै सहयोग पुग्ने भएकोले अन्यन्तै खुशी र्छौ । वडा बाट ५० प्रतिशत अनुदानमा वितरण गरिएको टंकीले आफ्नो बारीमा लगाएको बाली नालीका विषदी लगायत औषधी प्रयोग गर्न सहज हुने स्थानिय राधा शर्माले बताउनु भयो ।

वडा कार्यालयले स्प्रे टंकीका साथै हातेठेला समेत वितरण गरेको छ । वडा बाट वितरण गरिएको हाते ठेलाले हामीलाई धेरै सहयोग पुग्ने छ । पछिल्लो समय डोको नाम्लो हराई सक्यौ त्यसैले हामिलाई खेतवारीमा भारी बोक्न ठुलो सहयोग पुग्ने स्थानिय प्रकाश गुरागाँई बताउनुहुन्छ ।

वडाका कृषकलाई कृषी उत्पादनमा सहयोग पु्र्याउने उद्येश्यले कृषी विकास शाखा द्वरा साना मेसिनरी औजार अन्तरगत स््रप्रृ ट.की र हाते ठेला वितरण गरेका छौ यसले कृषी उत्पादनमा ठुलो सहयोग पुग्ने वडा अध्ष्यक्ष नरेन्द्र भट्टराई बताउनुहुन्छ ।

वडा कार्यालय बाट स्प्रे टंकी ३१ र हाते ठेला ३५ जनालाई वितरण गरिएको हो । वितरण गरिएका साना मेसिनरी औजारले कृषकलाई धेरै ठुलो सहयोग पुग्ने छ । पछिल्लो समय खेतमा काम गर्ने जनशक्तिको अभाव भएको बेला यस्ता मेशेनरीको प्रयोग गरी उत्पादन बढाउन सकिने वडा सदस्य टेक बहादुर खड्का बताउनुहुन्छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend