ब्यङ्डाँडा । शिवसताक्षी नगरपालिकाले नगरका बिपन्न १५ जना श्रमिक महिलाहरुलाई जिबिको पार्जनको लागि ठेला गाडा दिएको छ ।
आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि उक्त ठेला गाडा बिपन्न श्रमिक महिलाहरुलाई नगर प्रमुख मेगाहाङ थोप्राले हस्तान्तरण गर्नुभयो ।
महिला तथा बालबालिका शाखाको आयोजनामा भएको ठेला बितरण कार्यक्रम गरिएको हो।
बिपन्न श्रमिक महिलाहरूलाई जिबिको पार्जन गर्नको लागि सहज होस भनेर ठेला बितरण गरिएको महिला शाखा संयोजक यसोदा बिमलीले बताउनु भयो ।
बिपन्न श्रमिक महिला हरु अव्यवस्थित रुपमा सडक किनार , हाट बजारमा आफ्नो सिप र क्षमता अनुसारको ब्यबसाय गर्दै आएकोमा ब्यबस्थित रुपम ब्यबसाय गर्नको लागि यो ठेला निक्कै उपयोगी होस भनेर नै बितरण गरेको महिला तथा बालबालिका शाखा प्रमुख देबकुमारी पराजुलीले बताउनु भयो ।उहाको अनुसार यो ठेला २० प्रतिशत लागत सहभागितामा बितरण गरिएको हो ।

ठेलाको मुल्य लागत सहभागिता बाहेक ४० हजार पर्ने महिला तथा बालबालिका शाखा प्रमुख पराजुलीको भनाई छ ।
ठेला नगरको प्रतेक वडा बाट एक/ एक जनालाई बितरण गरिएको हो भने भौगोलिक रुपमा ठुलो वडा र धेरै बजार भएको वाडमा २ जनालाइ दिएको बताइएको छ ।
ठेला प्राप्त गर्ने महिलाहरू निक्कै हर्शित हुदै नगर पलिकालाई धन्यवाद ज्ञापन गरे ।
उनिहरुले आफुले प्राप्त गरेको ठेलामा दैनिक उपभोग्य सामग्रीहरु तथा फास्ट फुडहरु बिक्रि गर्ने बताए ।
ठेला बितरण कार्यक्रममा प्रमुख प्रशासकीय प्रमुख शुनिता तुम्बाहाङ्फे, लेखा प्रमुख प्रकाश योङ्हाङ, बरिस्ठ कार्यक्रम संयोजक प्रकाश चौधरी लगायतको सहभागिता रहेको थियो ।