शिवसताक्षी । झापाकाे शिवसतासी- ३ स्थित पाराबारीमा रहेकाे भानु माध्यमिक विद्यालयले विपन्न वर्गका विद्यार्थीहरुलाई पोशाक बितरण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञा सुमित्रा बाङ्देल “चेली”को पहलमा बेलायतमा बस्नुहुने सुरेन दिम्माली राईले २० हजार आर्थिक सहयोग रकमबाट बालविकास देखि कक्षा ८ सम्म पढ्ने १९ जना विपन्न वर्गका बिध्यार्थीलाई शर्ट, पाइन्ट, फ्रक, जुत्ता, मोजासहितको एक सेट बिध्यालय पोशाक वितरण गरिएकाे हो ।
सामुदायिक बिध्यालयमा बिपन्न परिवारका सन्तानहरु अध्यान गर्ने भएकोले उनि हरु बिध्यालय पोसाक समेत नलाइ बिध्यालय आउने भएकोले आजको पोसक बितरण कार्यक्रमले ठुलो राहात पुग्ने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश राईले बताउनु भयो ।
पोसाक बितरण कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा सुमित्रा वाङ्देल चेलीले बिपन्न परिवारलाई बिध्यालय पोसाक प्रदान गर्न पाउदा खुशी लागेको बताउनु भयो । उहाले यस्ता बिध्यार्थी लक्षित कार्यक्रमलाई आगमी दिन हरुमा पनि निरन्तरता दिइने बताउनु भयो ।
पोशाक हस्तान्तरण पछि वडा नम्बर- ३ का वडाध्यक्ष भास्कर न्यौपानेले वडाले शिक्षामा गरिरहेका कार्यक्रमको जानकारी गराउदै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभिभावक ,शिक्षक लगायत सरोकारवालाहरु एक जुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा कविता प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी ११ जनामध्ये दुई जनाले सान्त्वना, , तृतीय ,द्वितीय अनि प्रथम पुरस्कार पाए । सहभागी सबैलाई सहभागिता पुरस्कार प्रदान गरियो । कार्यक्रमको पुरस्कारको व्यवस्था बाङ्देल “चेली” ले गर्नुभएको थियो ।
शिक्षक सहित विद्यार्थीहरुलाई प्रेरणा दिने लक्ष्य राखेर शिक्षक कमल नेपाल र राधा बोगटी लुइटेलको कविता वाचन गरिएको थियो । कार्यक्रमको स्वागत सरु भट्टराईको थियो भने कार्यक्रम संचालन, शिक्षक खुबबहादुर राई “सञ्जय” ले गर्नु भएको थियो ।