कमल ,असार १० । झापाको कमल गाउपालिका ४ स्थित श्री सरस्वती माध्यमिक विध्यालयमा अध्यायनरत विध्यार्थिलाई पुरस्कृत गरिएको छ ।
गाउँपालिकाको वडा नम्वर ४ निवासी विद्यालयका संस्थापक स्व. उध्दव पौडेल ज्युले आफ्ना वुवा–आमाको स्मृतीमा राख्नु भएको( तिलोत्तमा + मान वहादुर पौडेल) अक्षयकोष मार्फत प्राप्त व्याजवाट विध्यालयमा अध्यायनरत विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरियो थियो ।
विद्यालयको शैक्षिक सत्र २०७६ ÷ २०७७ मा एसईई परिक्षा उत्कृष्ट अंक प्राप्त गर्ने २ जना विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । पुरस्कारको रकमले विद्यार्थीलाई उच्च शिक्षामा थप सहयोग मिल्ने विध्यालयले जनाएको छ ।
पुरस्कार वितरण को अवसर पारेर पौडेलकी छोरी अम्विका पौडेलले विद्यालयमा अध्यायनरत विद्यार्थीलाई स्टेशनरी वितरण गर्नुभएको थियो ।