logo
शुक्रबार, साउन २९ २०८३

युवा समाजसेवी .बि.क.द्वारा विपन्न परिवारलाई पंखा बितरण


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ ३० २०८२

शिसताक्षी। शिवसताक्षी ९ का युवा समाजसेवी डिल्ली प्रसाद बि.क.ले शिवसताक्षी ३ का १० जना बिपन्न परिवारलाई पंखा बितरण गरेका छ्न ।

आज ३ न. वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि उक्त पंखा बितरण गरिएको हो ।
पछिल्लो समय अत्याधिक गर्मी बडे संगै जनजिवान प्रभावित भइरहेको अवस्थामा ३ न. वडाका अति बिपन्न १० परिवारलाई केहि राहात होस भन्ने हेतुले १० थान स्टेन फेन बितरण गरेको दाता डिल्लीप्रसाद बिकले बताउनुभयाे ।

उनले भने यो गर्मी मौसममा हुने खानेले त एसी ,फेन जडान गरेका हुन्छन तर हुदा खाने हरुको लागी साँझ र बिहान् हात जोड्नै धाउ धाउ भएको अवस्थामा फेन खरिद गर्न समस्या हुने भएकोले आफुमा भएको केहि रकम बाट समय सापेक्ष फेन खरिद गरि हस्तान्तरण गरेको बताउनुभयाे ।

उक्त फेन बितरणको लागि वडा न. ३ का अध्यक्ष भाष्कर न्यौपानेले सहजीकरण गरेको बताइएको छ ।
पंखा प्राप्त गर्नेहरुमा क्रमशः नर बहादुर गजमेर, समिका भुजेल, टाकुसी ताजपुरिया,साउनी ताजपुरिया,वाजन ताजपुरिया,कलावती ताजपुरिया,उदयबहादुर लिम्बु, खडक सिं ताजपुरिय, कलपना राई र सोनिया टुडु रहेका छ्न ।


पंखा प्राप्त गरे पछि सबैजना निक्कै हर्सित हुदै दातालाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा वाडा सदस्य लासाङ दोर्जे तामाङ,शंकर राई, मंगलबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष राजु दर्नालले समय सापेक्ष अति उपयोगी कार्य गरेको भन्दै दाता बिकको प्रसंशा गरे ।पंखा बितरण कार्यक्रमको संचालन वडा सचिब बिनिसा बास्कोटाले गर्नु भएको थियाे।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend