logo
शुक्रबार, साउन २९ २०८३

स्कुल छुट्टी भएपछि सिटी कुदाउने ‘हेडसर’


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ २७ २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेको सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर बिकले छुट्टीपछि सिटी सफारी कुदाएर विद्यार्थीलाई घर–घर पुर्‍याउने गरेका छन्।

पारिश्रमिक नलिई अतिरिक्त समय खर्च गरेर उनले गरेका यो कामले शिक्षक पेशामा समर्पण र सेवाको नयाँ उदाहरण प्रस्तुत भएको छ।

विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि विद्यार्थी हरुलाई घर र बिध्यालय आवत जावत गर्नकोलागि सहज होस भन्ने हेतुले स्थानीय वडा कार्यलयले झण्डै ३ लाख ५० हजार रुपैयाँ बराबरको सिटी सफारी अनुदानमा दिएको थियो। तर त्यसलाई कसले चलाउने भन्ने अन्योल भएको बेला अविद्यालयका शिक्षक ओम आचार्यले पहिलोपटक सिटी चलाएर नगरपालिकाबाट स्कुलसम्म ल्याएका थिए ।

सुरुवातमा डर लागे पनि केही बेर अभ्यास गरेपछि उनी सहजै चलाउन थाले। सुरुका केही हप्ता बिहान–बेलुका आचार्यले नै विद्यार्थी ल्याउने–पुर्‍याउने गरे तर सधै आचर्य सरले मात्र सिटी चलाउने सम्भब नभए पछि करिब एक महिनादेखि भने बिहान विद्यार्थी ल्याउने जिम्मा प्रधानाध्यापक बिकका भान्जाले सम्हालिरहेका छन ।

जसले दैनिक १०० रुपैयाँ पारिश्रमिक पाउँछन्। बेलुका भने बिक आफैं सिटी कुदाउँछन् र विद्यार्थीलाई घर–घर पुर्‍याउँछन्। उनी भन्छन्, ‘विद्यार्थीको प्रगति र व्यवहारबारे अभिभावकसँग प्रत्यक्ष कुरा गर्न पाउँदा साँचिकै सन्तुष्टि मिल्छ। यस्तो सेवा गर्न पाउँदा जीवन नै सार्थक लाग्छ।’
पछिल्लो समय जन्मान्तमा कमि हुनु र भएका बालबालिका हरु पनि संस्थागत बिध्यालय तिर आकर्षण हुनुले सामुदायिक बिध्यालयमा बिध्यार्थी संख्यामा कमि आएको आवस्था छ ।

सामुदायिक बिध्यालयमा एक त बिपन्न परिवारका छोरा छोरी मात्र अध्यापन गर्छ्न अर्को तर्फ शैक्षिक गुणस्तर खस्किनुले पनि सामुदायिक बिध्यालयमा बिध्यार्थी संख्या घट्दो क्रममा छ ।
यसरि स्थानीय सरकारले चासो र खबरदारी गर्दै बिभिन्न साथ सहयोग गरेमा सामुदायिक बिध्यालयमा पनि बिध्यर्थीको चाप नबड्ला बन्न सकिन्न ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend