logo
शुक्रबार, साउन २९ २०८३

प्रथम कमल क्याम्पोरीको सम्पन्न


  • कुइनेटो न्युज
  • सोमबार, जेष्ठ २६ २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित प्रथम कमल क्याम्पोरी आइतवार सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा गत जेठ २३ गते बाट सुरु भएका प्रथम कमल क्याम्पोरी आइतवार  विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको कमल क्याम्पोरी आयोजकले जनाएको छ ।


“स्वयम् सेवा, अनुशासन र सहकार्य :  कमल स्काउटको पहिचान” भन्ने उद्घोष का साथ २ रात ३ दिन सम्म सञ्चालन भएको कोही प्रदेश कै पहिलो तथा गाउँपालिका स्तरीय क्याम्पोरी मा कमल गाउँपालिका भित्र रहेका १२ वटा विद्यालयका ४ सय ५० जना स्काउट ५० जना स्काउटर र करिब ५० जना अतिथिका बिच क्याम्पोरीमा सम्पन्न भएको थियो ।


क्याम्पोरमा सहभागी स्काउटले २२ वटा साहसिक कार्य सहित अन्य वौधिक प्रतियोगितामा समेत सहभागी भएर आफ्नो क्षमता प्रस्तुत गरेका थिए । क्याम्पोरीमा सहभागी विद्यार्थीहरु भन्ने विभिन्न प्रतियोगितामा उत्कृष्ट विध्यार्थिलई पुरस्कृत गरिएको गर्ने नेपाल स्काउट स्थानीय प्रमुख आयुक्त गुणराज गिरीले जानकारी दिनुभयो ।

क्याम्पोरीमा सहभागी स्काउटले युथ फोरम, केसस्टडी, सहकार्य, अनुशासन लगाय का कुरा सिक्ने छन । जुन कार्यले विद्यार्थीको जीवनमा ठुलो परिवर्तन ल्याउन सहयोग पुगेको क्याम्पोरी व्यस्थापन समितीका संयोजक मात्रिका सुबेदीले जानकारी दिनुभयो ।


क्याम्पोरी समापन कार्यक्रममा नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य , विभिन्न विद्यालयका प्रधानाध्यापक , विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएको उपस्थिती रहेको थियो ।

कमल गाउँपालिकाका उपाध्यक्ष तथा कमल स्काउटका अध्यक्ष प्रमिला न्यौपाने तिवारीले क्याम्पोरीमा सहभागी विद्यार्थी, आयोजक समिति लगायत क्याम्पोरीमा उपस्थित अतिथीलाई धन्यवाद दिर्दै क्याक्पोरी समापन भएको घोषणा गर्नुभयो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend