शिवसताक्षी । झापा शिवसताक्षी १ शुक्रबारे निवासी शुसिला राजबंशीको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको ।
स्थानीय समाजसेवी दुर्गा नेम्बाङको पहलमा संकलित १ लाख ३३ हजार ५ सय ८० रुपैया सहयोग रकम आज एक कार्यक्रमका बिच बिरमीको परिवारलाई हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था अत्यन्तै् नाजुक भएको राजबंशीको उपचारको लागि एक महिना अघि नै प्रेस मिट मार्फत आर्थिक सहयोगको लगि अपिल गरिएको थियो ।
हुदा खाने परिवारकी शुशिला राजबंशीको ४ पटक सम्म पेट्को अप्रेसन गरिएको थियो ।
यस अघि भएको जयो जेथा बिक्री गरेर लाखौ रुपैया खर्च गरि उपचार गरिएको उनको श्रीमनको भनाइ छ । तर पुन: अहिले पनि सोही घाउ बल्जेर ओछ्यानमा थलिएकी राजबंशीलाई समाजसेवी दुर्गा नेम्बाङ्गले टुलु टुलु हेरेर बस्न सकेनन ।

शुशिलाको नवबालक छोरा छोरीको लागि भएपनि बचाउनु पर्छ भन्ने लगेर आर्थिक सहयोग संकलन अभियान सुरु गरि यतिका रकम जम्मा गरेर आज हस्तान्तरण गर्न सफल भएको नेम्बाङ्गले बताए ।
उनले भने सामाजिक संजाल र अनलाइन मिडिया मार्फत शुशिलाको अवस्थ्य अवस्थाको बरेमा प्रचार प्रसार गरेका थियौ र सहयोगी मन भएका दाताहरुले आफ्नो गाँस कटाएर सहयोग रकम पठाउनु भयो अनि आज हस्तान्तरण गरिएको हो नेम्बाङले भने ।
सहयोगी दाताहरुको नामवली निम्नुसार रहेको छ ।
१) विमला राई परिवार सहित रु.५०,०००/-,२) कुसुम तामाङ भट्टराई रु ५,०८०/,३) मोना राई रु ५,०००/-
४) बिनोद साम्पाङ र लिला खालिङ रु १५,०००/,५) दुर्गा प्रसाद नेम्बाङ रु २,०००/,६) कुल प्रसाद राजवशि रु ५,०००/ ,७) हर्कमाया बराईलि रु ३,०००/,८) राजु राई रु २,०००/,९) हेम प्रकाश नेम्बाङ रु १,५००/,१०) रण बहादुर राजवंशि रु १,०००/,११) लक्षमण राई रु ५,०००/,१२) प्रदिप राई रु ३,०००/,१३) हर्क बहादुर राई रु २,०००/,१४) हिमाल राई रु २,०००/,१५) दावा थिङ तामाङ रु २,०००/,१६) बिनोद श्रेष्ठ रु २,०००/,१७) धनु गुरुङ नानि रु ३,०००/,१८) बाबुराम लिम्बू रु ३,०००/,१९) प्रकाश तामाङ योञ्जन रु ५,०००/,२०) रिता बस्नेत रु १,०००/,२१) मोहन नेम्बाङ रु ५,०००/,२२) संगिता लकान्द्रि रु ५,०००/,२३) आशा नेम्बाङ रु ६,०००/- जम्मा रु १,३३,५८०/- रुपैया हस्तान्तरण गरिएको हो ।
सो अवसरमा शुशिला राजबंशीलाइ बचाउन आर्थिक सहयोग गर्नु हुने सबै सहयोगी मन प्रति राजबंशी अरोवारले सबै संग आभार प्रकट गरेको छ।
अझै पनि सहयोग गर्न छुट्नु भएका महानुभाबहरु प्रति सहयोगको अपिल गरिएको बताइएको छ।
तपाईं हाम्रो सानो प्रयत्नले कसैको ज्यान बचाउन सकियो भने यो भन्दा ठूलो धर्म के होला र ? तसर्थ सकेको सहयोग गरौ शुशिला राजबंशीलाई बचाउ ।