कमल । झापाको कमल गाउँपालिकामा सञ्चालन हुने प्रथम कमल क्याम्पोरीको सम्पूर्ण तयारी पुरा भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालको प्राङ्गणमा आज (शुक्रवार) बाट तिन दिन सम्म सञ्चालन हुने प्रथम कमल क्याम्पोरी को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
“स्वयम् सेवा, अनुशासन र सहकार्य : कमल स्काउटको पहिचान” भन्ने उद्घोष का साथ २ रात ३ दिन सम्म सञ्चालन हुने गाउँपालिका स्तरीय क्याम्पोरी मा कमल गाउँपालिका भित्र रहेका १२ वटा विद्यालयका ४ सय ५० जना स्काउट ५० जना स्काउटर र करिब ५० जना अतिथिका बिच क्याम्पोरी सञ्चालन हुने छ । क्याम्पोरमा सहभागी स्काउटले २२ वटा साहसिक कार्य सहित अन्य वौधिक प्रतियोगितामा समेत सहभागी भएर आफ्नो क्षमता प्रस्तुत गर्ने नेपाल स्काउट स्थानीय प्रमुख आयुक्त गुणराज गिरीले बताउनु भयो ।

क्याम्पोरीमा सहभागी स्काउटले युथ फोरम, केसस्टडी, सहकार्य, अनुशासन लगाय का कुरा सिक्ने छन । जुन कार्यले विद्यार्थीको जीवनमा ठुलो परिवर्तन ल्याउन सहयोग पुग्ने क्याम्पोरी उप समिति संयोजक मात्रिका सुबेदीले बताउनु भयो ।