कमल , असार १० । झापाको कमल गाउँपालिकामा आज (शुक्रबार)सेवा प्रवाह प्रभावित हुने भएको छ ।
गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनमा आर्थिक वर्ष २०७९÷०८० को नीति , कार्यक्रम तथा बजेट पेशगर्ने कार्यक्रम रहेकोले गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधी र कर्मचारी अधिवेशनमा सहभागी हुनेहुँदा आज शुक्रवार गाउँपालिका ,वडा कार्यालय र स्वस्थ्य सस्था बाट प्रवाह गरिदै आएका सम्पुर्ण सेवा प्रभावित हुने प्रमुख प्रशासकिय अधिकृत काजीमान राई द्वारा हस्ताक्षरीत सुचनामा जनाईएको छ ।
