logo
शुक्रबार, साउन २९ २०८३

नेपालका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कँदै


  • सन्तोस भण्डारी
  • शनिबार, जेष्ठ १७ २०८२

नेपालका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर दिन प्रतिदिन कमजोर हुँदै गएको छ। शिक्षकहरूको दोहोरो भूमिकाले विद्यालयको शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ।
शिक्षकहरूको प्राथमिकता निजी विद्यालयतर्फ
हाल, धेरै शिक्षकहरू निजी विद्यालय तथा कलेजमा संलग्न हुने प्रवृत्तिमा लागेका छन्। बिहानको उर्जावान समय निजी विद्यालयमा खर्च गर्दा सामुदायिक विद्यालयमा उनीहरू थकित अवस्थामा पुग्छन् र कक्षा कोठा उनिहरुको थकाई मार्ने स्थल जस्तो भएको छ । केही शिक्षक त कक्षा कोठामै निदाउने गरेको समेत पाईन्छ । यसले विद्यार्थीहरूको सिकाइमा प्रत्यक्ष असर पारिरहेको छ।
पाठ योजनाको अभाव र सिकाइमा असर
अधिकाम्स शिक्षकहरु पाठ योजना को तयारी बिनै कक्षा कोठामा प्रवेश गर्ने र जे मनमा आयो त्यही नै पढाउने गरेको पाईन्छ । शिक्षकहरूले पाठ योजना नबनाउँदा विद्यार्थीहरूको सिकाइ कमजोर हुँदै गएको छ।  पढाउदा आवश्यक पर्ने शैक्षिक सामग्रीको अभावले पनि सिकाइ प्रक्रियालाई प्रभावित बनाएको छ। प्राय कुनै शिक्षकले पनि कक्षा कोठामा प्रवेश गर्दा शैक्षिक सामाग्री नलैजाने र बिद्यार्थी ले जति बुज्छन बुज्छन भने जसरी पढाउने गरेको पाइन्छ । थकित शिक्षकले विद्यार्थीलाई गृहकार्य सम्म नदिने, दिए पनि भोलिपल्ट जाँच नगर्ने,  यसले बिद्यार्थीको घरमा पढ्नु पर्छ भन्ने धारणा नबन्ने साथै कक्षाकोठा र पढाईमा समेत ध्यान केन्दृत नहुने नकारहरु बताउछन ।
सामुदायिक विद्यालयका कमजोर विद्यार्थीहरूको शिक्षामा सुधार ल्याउन शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ। शिक्षकले प्रत्येक विद्यार्थीको स्तर पहिचान गर्नुपर्ने हुन्छ, जसले विद्यार्थीको कमजोरी र आवश्यकताको स्पष्ट चित्रण दिन्छ। यसपछि, उनीहरूलाई आत्मविश्वास बढाउने प्रेरणादायी वातावरण सिर्जना गर्नुपर्छ।
विद्यार्थीको व्यक्तिगत आवश्यकता अनुसार विशेष ध्यान दिनु महत्वपूर्ण हुन्छ। यसका लागि शिक्षकले रचनात्मक शिक्षण विधिहरू अपनाउन सक्छन्, जसले सिकाइलाई रोचक र प्रभावकारी बनाउँछ। यदि विद्यार्थीलाई अतिरिक्त सहायता आवश्यक परेमा अतिरिक्त कक्षाहरू समेत सञ्चालन गर्नुपर्छ।
विद्यार्थीको विकासमा अभिभावक तथा समुदायको सहयोग आवश्यक उत्तिकै हुन्छ। शिक्षकले नियमित रूपमा अभिभावकहरूसँग समन्वय गरी विद्यार्थीको शिक्षण सुधारमा सहयोग जुटाउन सक्छ। निरन्तर मूल्यांकन गरेर, विद्यार्थीको प्रगति परिमार्जन गर्नुपर्छ, जसले शिक्षण विधिलाई अझ प्रभावकारी बनाउँछ।
 शिक्षकले सकारात्मक दृष्टिकोण अपनाउनु जरुरी छ। विद्यार्थीको क्षमता अभिवृद्धि गर्न प्रेरणादायी व्यवहारले महत्वपूर्ण भूमिका खेल्छ। निरन्तर नवीकरणशील अभ्यासहरू अपनाएर कमजोर विद्यार्थीहरूलाई सक्षम बनाउन सकिन्छ। तर यी सब एउटा थकित शिक्षकबाट अपेक्षा गर्न सकिँदैन ।
यो सरसर शिक्षा नियमावलीको बिपरित हो र शिक्षाको बिधि अनुसार नपढाउनु विद्यार्थी माथिको जघन्य अपराध हो ।
विद्यार्थीहरूको संलग्नता घट्दै
शिक्षकहरूको ध्यान नपुग्दा विद्यार्थीहरू सिकाइमा रुचि गुमाउँदै गएका छन्। विद्यालयमा नियमित शैक्षिक गतिविधि सञ्चालन नहुँदा कक्षाकोठामा विद्यार्थीहरूको संलग्नता घट्दै गएको छ। जसले आम अभिभावक र विद्यार्थीहरुको सामुदायिक विद्यालय प्रतिको बिश्वास गुम्दै गएको छ ।
स्थानीय सरकार र वि. व्य. स. को भूमिका
स्थानीय सरकारले विद्यालय सुधारका लागि नीति निर्माण गरे पनि शिक्षकहरूको उत्तरदायित्व सुनिश्चित गर्ने प्रभावकारी प्रणालीको अभाव रहेको देखिन्छ। विद्यालय व्यवस्थापन समितिहरूले पनि शिक्षकहरूको दोहोरो भूमिकालाई नियन्त्रण गर्न नसकेको गुनासो अभिभावकहरूबाट आएको छ। वि.व्य.स. ले शिक्षकको भुमिका, बिषयको गहनता र विद्यालयको वर्तमान अवस्था हेरी  शिक्षकलाई अन्य विद्यालयमा पढाउन अनुमती दिने नदिने भन्ने कुराको अवस्था हेरि निर्मम निर्णय गर्नुपर्छ । आवश्यक परे शिक्षकलाई केही सेवा सुबिधा थप गरेर भए पनि विद्यालयमा मात्रै ध्यान केन्द्रित बनाउने वातावरण को सृजना गर्नु पर्दछ ।
अनुगमन आउने अधिकारीले पनि भौतिक पुर्वाधार र सतही मात्रको अनुगमन नगरी विद्यार्थी को सिकाईको गुणस्तर, अभिभावकको चाहना, विद्यालयको अवस्था र  आवश्यकता हेरि सुझाव सहितको निर्देशन जारी गर्नु  पर्दछ । अन्यथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधृने सम्भावना न्यून देखिन्छ ।
सम्भावित समाधानहरू
शिक्षकहरूको पूर्णकालीन विद्यालय सहभागिता सुनिश्चित गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिलाई सशक्त बनाउनुपर्ने, स्थानीय सरकारको सक्रियता बढाउनु पर्ने, र शिक्षकहरूको पेशागत नैतिकता मजबुत बनाउन तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
यदि समयमै सुधारका उपायहरू लागू गरिएनन् भने सामुदायिक विद्यालयको भविष्यमा अझै संकटमा बढ्ने सम्भावना नजिकै रहेको देखिन्छ।

2 Attachments • Scanned by Gmail

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend