logo
शुक्रबार, साउन २९ २०८३

स्थानिय द्वारा बिद्यालयमा रचनात्मक सुधारको माग गर्दै प्रधानाध्यापकलाई अनुरोध पत्र पेश


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ १७ २०८२

कमल । झापाको कमल गाउँपालिका ६ का स्थानियले बिद्यालयमा रचनात्मक सुधारको माग गर्दै प्रधानाध्यापकलाई अनुरोध पत्र पेश गरेका छन् ।

कमल ६ मा रहेको वाणी माध्यामिक बिद्यालयमा पछिल्लो समय भएका विभिन्न गतिविधीलाई न्युनिकरण गर्दै विद्यालयमा चनात्मक सुधारको माग गर्दै स्वस्फूर्त रुपमा उपस्थित भएका स्थानियले नव नियुक्त प्रधानाध्यापक तेज नाथ भट्टराईलाई बधाई तथा शुभकामना दिदै आफ्ना १२ बुदे माग पेस गरेको वाणी पुनर्जागरण अभियान समितिका संयोजक सत्यनारायण ताजपुरियाले बताउनु भयो ।

स्थानियका तर्फ बाट पत्र पेस गरेको मागपत्र


हामी विद्यालय क्षेत्रका स्थानीय बासिन्दा, अभिभावक, पूर्व विद्यार्थी तथा बुद्धिजीवीहरू सम्मिलित वाणी पुनर्जागरण अभियानको तर्फबाट नवनियुक्त निमित्त प्र.अ. तेज नारायण भट्टराई सरलाई हार्दिक बधाई एवम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ ।

लामो र गौरवमय ईतिहास बोकेको यस क्षेत्रकै सबै भन्दा पुरानो र हजारौं विद्यार्थीहरुलाई अध्यापन गर्न सफल यो विद्यालयको वर्तमान अवस्था प्रति हामी विद्यालय क्षेत्रका स्थानीय बासिन्दा, अभिभावक, पूर्व विद्यार्थी तथा बुद्धिजीवीहरूको तर्फबाट गम्भीर चिन्ता व्यक्त गर्दछौ । यहि तौरतरिकाले चल्दै जाने हो भने निकट भविस्यमै यो विद्यालय बन्द हुने खतराले हामीलाई झकझकाएको छ ।
यो विद्यालय हामी र हाम्रो समुदायको बहुमुल्य सम्पत्ति हो । यसलाई जोगाउनु, राम्रो बनाउनु हामी सबै स्थानीय र सरोकारवालाहरुको परम कर्तव्य हो । यस विद्यालयलाई यहाँ सम्म ल्याउन स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूको योगदान उल्लेखनीय रहेको छ । पछिल्लो समय विद्यालयमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन, पूर्वाधार सुधार तथा गुणस्तरीय शिक्षाका लागि थुप्रै प्रयास गरिएको देखिन्छ ।
तर, पछिल्ला केही घटनाक्रमहरूका कारण विद्यालय सुधारको गति रोकिएको छ। विद्यार्थीको संख्या घट्दो अवस्था तथा विद्यालय सञ्चालनमा देखिएको अनिश्चितताले समुदायमा चिन्ता बढेको छ

हामी पहिला के भयो, कसरी भयो भन्ने तर्फ फर्किन्न चाहान्नौ । अब हामी सबै मिलि विद्यालयको समग्र सुधारमा हातेमालो गरि विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुरोध गर्न चाहन्छौं।

अतः विद्यालयलाई पुनः सशक्त बनाउन निम्न बुँदाहरूमा तत्काल पहल गर्न प्रधानाध्यापक सँग हामी जोडदार माग राख्दछौ ।
१) विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तत्काल संकटग्रस्त घोषणा गरि प्र.अ. ले शिक्षकहरुको कुशल नेतृत्व गर्दै शिक्षकहरुलाई परिचालन गरि प्रभकारी शिक्षण विधिहरू लागू गर्नुपर्ने ।
२) शिक्षकहरूलाई नियमित हौसला, प्रोत्साहन, निगरानी गरि र उनीहरुको समस्यालाई समेत सम्बोधन गर्नुपर्ने ।
३) विद्यार्थी संख्यामा वृद्धिका लागि विद्यालयको विश्वास पुनःस्थापित गर्न समुदायसँग सहकार्य गर्दै प्रभावकारी कर्यक्रमहरु तत्काल सन्चालनमा ल्याउनु पर्ने ।
४) विद्यालय व्यवस्थापन तथा भौतिक पूर्वाधार सुधार, शैक्षिक सामग्री उपलब्धताका लागि पालिका सङ तत्काल पहल गर्नुपर्ने ।
५) विद्यालय सुधारका लागि स्थानीय समुदाय, अभिभावक, पुर्व विद्यार्थी र विद्यालय व्यवस्थापन समितिसँग समन्वय तथा सहकार्य गर्नुपर्ने ।
६) सकारात्मक वातावरण सिर्जना गर्न विद्यार्थीलाई स्नेह, प्रेरणा, सहयोग, सुरक्षित वातावरण र सुनिश्चित भविस्यको प्रत्याभूति हुने गरि कार्य गर्नु पर्ने ।
७) संकटग्रस्त विद्यालयना अपनाउनु पर्ने सरकारी शिक्षा सुधारका निति तथा योजनाहरू तत्काल लागू गर्नु पर्ने ।
८) अति कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सन्चालनमा ल्याउनु पर्ने । साथै पाठ योजना सहित पाठ्यक्रमको प्रभावकारी ढंगले अध्यापन गरिनुपर्ने।
९) प्रत्येक शुक्रबार अनिवार्य अतिरिक्त क्रियाकलाप सन्चालन गर्नु पर्ने ।
१०) बिद्यालय हाता, कक्षा कोठा, कार्यालय, शौचालयको नियमित सरसफाइ र बाल मैत्री वातावरण बनाउनु पर्ने ।
११) विद्यार्थीको शैक्षिक मुल्यांकनको लागि पाक्षिक वा मासिक परीक्षा सन्चालनमा ल्याउनु पर्ने साथै अनिवार्य गृहकार्य, कक्षामा प्रभकारी अध्यापन तथा अभिभावक सङ नियमित अन्तरक्रिया गर्नु पर्ने ।
१३) शिक्षक, कर्मचारी र ब्यबस्थापन समितिका पदाधिकारीहरुले बिद्यालयमा कुनै राजनीतिक गतिविधि गर्न नहुने ।
हाम्रा उपरोक्त अनुरोधयुक्त मागहरु तत्काल कार्यन्वयन ल्याउन अनुरोध छ । हामी स्थानीय सरोकारवालाहरू विद्यालय सुधारका निम्ति सदैव सहयोग र हातेमालो गर्न तत्पर छौं। यदि विद्यालय प्रशासनले आवश्यक सुधारको लागि पहल नगरी हाम्रा मागहरुको अवमूल्यन गरेमा हामी थप चरणमा अघि बढ्न बाध्य हुनेछौं।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend