logo
शुक्रबार, साउन २९ २०८३

कोशी प्रदेश सरकार द्वारा गणतन्त्र दिवसको अवसरमा ७ जना पत्रकारलाई सम्मान


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ १५ २०८२

विराटनगर। कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज ७ जना पत्रकारलाई सम्मान गरेको छ ।

नगद रु. १ लाख सहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ ,सुनसरीकि यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन्।

उहाँहरूलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको हो।

कोशी प्रदेश सरकारले हरेक वर्ष प्रदेशमा क्रियाशील अग्रज पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा गणतन्त्र दिवसको अवसर पारेर भव्य कार्यक्रम बीच सम्मान वितरण गरिएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend