कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भएको छ ।
कनकार्य नगरपालिका सुरुङ्गा स्थित हरिकुल माध्यमिक विद्यालयमा सम्पन्न जिल्ला स्तरीय छनोट खेलमा जिल्ला प्रथम भएको हो ।
जिल्ला प्रथम भए संगै प्रदेशस्तरीय प्रतियोगिताका लागि चयन समेत भएको छ । प्रतियोगितामा प्रथम केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की, द्वतिय एरा एभरग्रिन बुद्धशान्तिकी छात्रा ससा मैनाली र तृतीय केर्खा पब्लिककै छात्रा डेनिसा तामाङ हुनुभएको थियो ।

अण्डर–१४ छात्रातर्फ छनोट भएका प्रथम, दोस्रो र तृतीय हुने खेलाडीहरूले प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रदेश स्तरीय टेबल टेनिस प्रतियोगिता आगामी जेठ १९ गते इटहरीमा हुने केर्खा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिनुभयो ।