कमल । झापाको कमल गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयमा आज बाट सन्तानका लागि आमा कार्यक्रम सुरु भएको छ ।
गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका आमा लाई लक्षित गरेर सन्तानका लागी आमा कार्यक्रम सुरु गरिएको हो ।

कमल गाउँपालिकाको आयोजना र कुइनेटो मिडिया प्रा.लि. को प्राविधिक सहयोगमा आज पहिलो दिन वडा नम्बर १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालय बाट सुरु गरिएको कार्यक्रम पालिकाका सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका आमाहरू बिच सञ्चालन गरिने कार्यक्रमको सहजीकरण नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले गर्नुहुने छ ।
बालबालीकाहरू विद्यालयमा भन्दा धेरै समय आफ्ना अभिभावक सँग बिताउने गर्दछन् । त्यसमा पनि अझ धेरै आम सँग बिताउछन्। त्यसैले सानानानी हरुले आमा बाट धेरै कुराहरू सिक्ने गर्दछन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी आमाहरूको महत्वपूर्ण भूमिका हुने भएकोले यस्तो कार्यक्रमको आयोजना गरिएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुदै आएको छ । यसमा तपाई अभिभावकहरूको महत्वपूर्ण भूमिका छ । विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरा पनि तपाईँहरूको उपस्थितले महत्व पूर्ण भूमिका राख्ने गर्दछ । तपाईंहरूका नानीहरूको भाग्य र भविष्यलाई जोडेर गाउँपालिकाले पछिल्लो समयमा सामुदायिक विद्यालमा यति धेरै सुधार गर्दै आएको कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले बताउनु भयो ।
परिवारमा आमाको महत्वपूर्ण भूमिका हुन्छ । हरेक बालबालकाले आमा बाट धेरै कुराहरू सिक्ने गर्दछन् । बालबालिकाको भविष्य आमा सँग जोडिएको हुन्छ । त्यसैले सन्तानलाई जन्म दिएर मात्र हुँदैन उनिहरुलाई असल शिक्षादीक्षा प्रदान गर्न आमाको महत्वपूर्ण जिम्मेवारी हुने कमल गाउँपालिका १ नम्बर वडा अध्यक्ष केदार कटुवालले बताउनु भयो ।

आज बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राविधिक रविन गौतमले गर्नु भएको थियो भने नरेन्द्र जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक निर्मल गड्तौलाले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।