logo
शुक्रबार, साउन २९ २०८३

स्वस्थ्य जिवनकालागी दैनिक योग अभ्यास अनिवार्य


  • उमानाथ भण्डारी
  • बिहिबार, असार ९ २०७९

कमल, असार ९ । पछिल्लो समय योग प्रती आम मानिसको आकर्षण बढ्न थालेको छ । योगले मानिसलाई विभिन्न समस्या बाट मुक्ति दिलाउनुका साथै तनाव रहित जिवन जिउनमा फाईदा पुग्ने भएकोले पनि आम मानिसको योग प्रतिको आकर्षण बढ्न थालेको हो ।
आम मानिसको योग गर्ने चाहानाको विकास भए सगै योग गराउने विभिन्न सस्थाहरु पनि योग गराउनमा व्यस्तहुन थालेका छन् ।
यसैक्रममा आठौं अन्तराष्ट्रिय योग दिवशको अवसर पारेर महिला पतन्जली योग समिति झापा को आयोजना र मारवाडी महिला मंच दमक झापाको व्यवस्थापनमा दमक ५ स्थित मारवाडी महिला सेवा समितिको सभाहलमा दैनिक विहान ५ बजे देखी साडे ६ बजे सम्म योग अभ्यास भै रहेको छ
सबैलाई थाहा छ की योगले मानव स्वस्थ्यलाई राम्रो गर्छ तर कसैले पनि व्यवहारमा उतार्न सकेका छैनन् । त्यसैले सबैलाई योग अभ्यास गराउन सकौं र शारिरिक तथा मानिसक रुपमा सबैलाई स्वस्थ्य बनाउदै रोगमुक्त जिवन जिउन सिकाउने उद्येश्यले शिविरको आयोजना गरेको मारवाडी महिला मंच दमक झापाकी अध्यक्ष प्रिती साहेवालाले बताउनुभयो
साधना केन्द्रमा उपस्थित भएर दैनिक योग अभ्यास गर्दै आएकोमा पछिल्लो समयमा कोभिडको कारणले साधना केन्द्र बन्द भएका थिए अहिले कोभिड हटिसकेको हुँदा भौतिक रुपमै उपस्थित भएर योग गर्नुपर्छ भनेर हामिलागी परेका छौ । योगले मनमा उत्पन्नहुने विभिन्न प्रकारका वृकृतीलाई नस्ट गर्नुका साथै तनवमुक्त जिवन जिउनमा ठुलो सहयोग गर्ने महिला पतन्जली योग समिति झापाकी अध्यक्ष प्रेमकला निरौला बताउनुहुन्छ ।
नियमित योग गर्नेले शारीरिक, मानसिक का साथै सामाजिक र अध्यात्मीकहुन्छ । योगले मानिसलाई स्वस्थ्य र स्फुर्ति बनाउछ । नियमति योग गर्ने व्याक्ति स्वयं स्वस्थ्य हुने र स्वस्थ्य मानिसले आफ्नो घरपरिवारलार्य स्वस्थ्य बनाउनुका साथै समाज रुपान्तरणमा समेत ठुलो योगदान पुरयाउन महत्व पुर्ण भुमिका रहने भएकोले सबैले दैनिक २ घण्टा योग गर्न आवश्यक छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend