चुलाचुली ÷ इलाम को चुलाचुली गाउपालिका ४ स्थित श्री किरात चोलुङ आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई पेल्टिमारी प्रवासी मन्च र चुलाचुली प्रवासी सेवा समाजले उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शैक्षिक सामाग्री बितरण गरेको छ ।
बिधालय ब्यवस्थापन समितीका अध्यक्ष पर्वत लिम्बुको अध्यक्षता तथा चुलाचुली गाउपालिकाका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाको अवसर पारेर विद्यालयमा अध्यायनरत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शैक्षिक सामाग्री बितरण गरिएको हो ।
कार्यक्रममा गतवर्षको शैक्षिक सत्रमा ३ दसमलब ६ जि पि ए अंक प्राप्त सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुमा कक्षा ३ कि दिक्षा कार्की र कक्षा ४ का बिपिन धिमाल लाई नगद पुरस्कार सहित प्रमाण पत्र द्वारा पुरस्कृत गरिको थियो । सस्थाको तर्फ बाट सम्पुर्ण विद्यार्थीलाई टाइ तथा बेल्ड उपलब्ध गराएको थियो ।
प्रवासी मन्चका तर्फ बाट गरेको सहयोगको प्रशंसा गर्दै गाउँपालिकाको तर्फ बाट विद्यालयमा अध्यायनरत सम्पुर्ण विद्यार्थीलाई पोशाक तथा एक बर्ष लागी आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउने चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले बताउनु भयो ।