logo
मंगलबार, कार्तिक ११ २०८३

फोहोर बाट निस्किएको दुर्गन्धका कारण चुलाचुली वासीको स्वास्थ्यमा समस्या, स्थानिय वासी द्वारा फोहोर फाल्न अवरोध


  • कुइनेटो न्युज
  • आइतबार, जेष्ठ ४ २०८२

चुलाचुली । झापाको दमक नगरपालिका द्वारा सन्चालित फोहोर मैला ब्यवस्थापन तथा प्रशोधन केन्द्र बाट निस्किएको दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आएको भन्दै इलाम को चुलाचुली ५ का स्थानिय वासी हरु ले फोहोर फाल्न अवरोध गरेका छन् ।

प्रशोधन केन्द्र लाई ब्यवस्थित नगरी खुल्ला रुप मै फोहोर फालेका कारण मानव बस्तीमा प्रत्यक्ष असार परेको जसका कारण स्थानिय बासीमा झाडापखाला,स्वाशप्रश्वास, हैजा जस्ता रोगहरुले निरन्तर सताइ रहेको भन्दै स्थानिय वासीले शनिवार देखी फोहोर फाल्न अवरोध गरेका हुन् ।
दमक नगरपालिकाले हाम्रो मागलाई वेवस्था गरेका कारण संघर्ष समिती बनाएर सडक आन्दोलनमा उत्रन बाध्य पारेको संघर्ष समिती का संयोजक तथा चुलाचुली ५ का वडा अध्यक्ष बबिन राइले बताउनु भयो ।

हाम्रो आन्दोलनको कारण नगररबासी हरुमा पर्न गएको असर प्रती सम्पुर्ण चुलाचुली बासी चिन्तित रहेका छौ । तर फोहोर को दुर्गन्ध बाट चुलाचुली बासीको स्वास्थ्यमा आएको सम्पुर्ण समस्याको जिम्मा दमक नगरपालिका ले लिनु पर्ने अध्यक्ष राईले बताउनु भयो ।


नगर बाट निस्किएको फोहोर मैला व्यावस्थापन व्यवस्थित नभएको र यस वाट चुलाचुलीका ५ का स्थानियलाई समस्या आएको भन्दै दमक नगरपालिका लाई पटक पटक जानकारी गराउदा समेत सो प्रशोधन केन्द्र लाई ब्यवस्थित गर्नुको सट्टा झान खुल्ला रुपमा सञ्चालन गरेकोमा विरोध गर्नु परेको स्थानिय बताउछन् ।

गत जेष्ठ १ गते चुलाचुली गाउपालिकाको तर्फ बाट दमक नगर पालिका लाई ध्यानाकर्षण पत्र पठाइएको र जेष्ठ २ गते वडा कार्यालय मा पत्रकार सम्मेलन गरी फोहोर मैला फाल्ने कार्यलाई व्यवस्था गरे भनी अवरोधका कार्यक्रम सार्वजानिक गरिएको थियो ।

चुलाचुली गाउँपालिकाका तर्फ बाट दमक नगरपालिका लाई पटक पटक ध्यानाकर्षण गराउला समेत बेवास्ता गरेका कारण शनिवार फोहोर बोकेर उक्त प्रशोधन केन्द्र आएका सम्पुर्ण सवारी साधनलाई फिर्ता पठाएको छ ।

हामिले आफ्नै जग्गामा नगर बाट उत्पादित फोहोलाई व्यवस्थापन गरेका छौ । अहीलेको समस्यलाई हामी दुबै पक्ष बसरेर समस्याको समाधान गर्ने तर्फ जुट्ने दमक नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष प्रजापती सापकोटाले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend