चुलाचुली÷इलामको चुलाचुली गाउपालिका वडा नम्बर ५ मा रहेको श्री पन्चमुखेश्वर शिव पान्चायन मन्दिर मा सात दिने श्रीमद् मत्स्य महापुराण सुरु भएको छ ।
पन्चमुखेश्वर शिवपान्चायन मन्दिर ब्यवस्थापन समितीको आयोजनामा नौमती बाजा का साथ बिभिन्न झाँकी हरुको प्रदर्शन गर्दै स्थानिय मठमन्दिर,गुम्वा,चर्च,देविथान,बिद्यालय लगायत का पवित्र स्थलहरुको परिक्रमा गर्दै शोभायात्रा सम्पन्न गरिएको थियो ।बैशाख २९ गते देखी सूर भएको महापुराण जेष्ठ ४ गते सन्चालन हुने छ ।
संस्थाको २० औ वार्षिक उत्सबका अवसरमा सन्चालित १६ औं महापुराणको पण्डित अर्जुन तिम्सिनाले पाठ पारायण तथा पण्डित मेगराज भण्डारीको संगितामय कथा वाचन रहने छ ।
साविक चुलाचुली गाबिस वडा नम्बर ८ स्थित पन्चदेव कृतन मन्डली ले २०६१ साल बैशाख १२ गते १८ हजार १ सय रुपैयाको अक्षयकोष स्थापना गरी सुरु भएको सो मन्दिर मा अहिले २ सय भन्दा धेरै स्थानिय हरुले अक्षय कोषमा सहभागी जनाएका छन भनें उक्त कोषमा ४ लाख ९१ हजार रकम रहेको मन्दिर ब्यवस्थापन समितीका कोषाध्यक्ष नेत्र प्रसाद बास्कोटाले बताउनु भयो ।

मन्दिर निर्माणका लागी स्थानिय शिवलाल प्याकुरेल तथा छविलाल प्याकुरेल ले १ कट्ठा जमिन निःशुल्क उपलब्ध गराउनु भएको थियो ।
मन्दिर निर्माणमा प्रदेश सरकार, वडा कार्यालय र स्थानियको सहयोग प्राप्त भएको स्थानिय पत्रकार देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।