कमल । शनिवार सार्वजनिक बिदा , हप्ताभरीको काम बाट आराम पाउने दिन , यस दिन घरपरिवार र आफन्त संगको भेटघाटमा दिन विताउने गरिन्छ तर कतिपय जनप्रतिनिधी हप्ताको सातै दिन सामाजिक काममा व्यस्त रहने गरेका पनि छन् ।
यस्तै व्यस्त मध्ये झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई एक हुनुहुन्छ । वाहाँले शनिवार तथा सार्वजनिक विदाको दिनमा पनि आफ्नो पालिका भित्र सञ्चालन भएका विभिन्न योजनाको अनुगमन तर निरिक्षणमा व्यस्त रहनुहुन्छ ।
हिजो (शनिवार) हेल्पिङ्ग हेण्ड र वोर्क फोर नेपाल द्वारा सामुदासयक विध्यालयमा जडान गरिएका खानेपनिको फिल्टर अवस्था,कमलनगर अस्पतालमा वितरण गरिएका स्वास्थ्य सामग्री, पोषण सामग्री, सरसफाइ सामग्री, शैक्षिक सामाग्री, तालिम सम्पन्न भए पछी को तालिम लिएका प्रतिनिधि सग सम्बाध कार्यक्रम लगायतका कार्यक्रमको अनुगमन सुपरिवेक्षण गरिएको थियो ।

अनुगमन टोलिमा गाउँपालिका अध्यक्ष राई, वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख विमल थापा, कमल नगर अस्पतालका प्रमुख दिपक दाहाल, हेल्पिङ्ग हेण्ड र वोर्क फोर नेपालका प्रतिनिधी, कर्मचारी, स्वयंसेवक, स्थानीयहरुको उपस्थिती रहेको थियो ।
साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने, स्थानीय आवश्यकता अनुसार नयाँ कार्यक्रमहरू ल्याउने, र सामाजिक सेवामा नविनतम अभ्यासहरू आत्मसात गर्ने योजनाको रहेको राईले बताउनु भयो ।