logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा आमाहरुकालागी सञ्चालित लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख २४ २०८२

कमल । झापाको कमल गाउँपालिकामा आमाहरुकालागी लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना तालिम कार्यक्रम आज सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग र नवजागरण महिला समाज कमलको आयोजनामा कमल ३ स्थित संस्थाको सभाहलमा सञ्चालित सचेतना कार्यक्रम आज सहभागीलाई प्रमाणपत्र वितरण सगै सम्पन्न भएको हो ।

पछिल्लो समय समाजमा लागु औषध प्रगोगकर्ता निकै बढी रहेको छ । यसले समाजमा ठुलो विकृती निम्त्याउदै छ तर पनि यसलाई निर्मुल पार्न निकै चुनौती छ ।

लागुऔषध प्रयोग कर्तालाई न्युनिकरण गर्न तपाई आमा हरुको महत्वपुर्ण भुमिका हुने भएकोले तपाई आमाहरुलाई लक्षित गरेर यो तालिम सञ्चालन गरिएको हो तालिममा सिकेका कुरालाई समाज रुपान्तणमा प्रयोग गर्न कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सहभागीलायृ अनुरोध गर्नु भयो बताउनु भयो ।

समजमा रहेको लागु औषध प्रयोगलाई न्युनिकरण गर्दै सुन्दर समाज निर्माणमा तपाई हरुको महत्वपुर्ण भुमिका हुन्छ । समाजमा भएका विकृतीलाई हटाउदै सुसंस्कृत समाज निर्माण गर्न तपाई आमा हरुको भुमिका अहमं हुने कमल ३ का वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो ।


कार्यक्रममा तोपगाछी खानेपानि तथा स्किम नम्बर १ का अध्यक्ष सुर्य प्रसाद दंगाल, तथा सहभागीका तर्फ बाट जमुना केरुङ,शान्त रेग्मी र सुमित खड्का ,लगायतले तालिम अत्यन्तै प्रभावकारी भएकोले धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनु भयो ।

गत बैशाख २० गते बाट सञ्चालन भएको तालिममा ३ नम्वर वडा का ४० जना आमाहरु सहभागी हुनुहुन्थ्यो । सचेतना कार्यक्रममा सहभागी आमाहरलाई मनोसामाजिक परामर्शकर्ता गोविन्दराज कट्टेलले सहजी करण गर्नु भएको थियो ।

नवजागरण महिला समाजकी अध्यक्ष बिष्णुमाया बेघाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमकोे सञ्चालन सचिव रिता खतिवडाले गर्नु भएको थियो भने उपाध्यक्ष नैनाला सेडाईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend