कमल । दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका युवा यतिवेल कृषी पेशामा रमाउन थालेका छन् ।
चुलाचुली गाउँपालिकाको भौगोलिक अवस्था नै कृषी उत्पादनकालागी उपयुक्त भएकोले पनि यहाँका युवाहरु कृषी पेशा तर्फ लागेका हुन् ।
झापा र मोरङ संग सिमाना जोडिएको यस गाउँपालिकाका युवाको मुख्य आम्दानीको श्रोत भनेकै कृषी पेशा हो ।
चुलाचुली गाउँपालिकाको भौगोलिक अवस्था नै कृषी पेशा उपयुक्त भएकोले यहाँका कृषक तरकारी तथा फलफुल उत्पादन तर्फ आकर्षण भएका हुन् ।
जस अन्तरगत गाउँपालिकाको वडा नम्वर १ मा सन्देश नेम्वाङले साम्दाङ्वा एग्रो फर्म सञ्चालन गर्नु भएको छ ।

नेम्वाङले आफुसंग भएको २ विघा र लिजमा १० बिघ जमिन लिएर जम्मा १२ विघा जमिनमा मा तरकारी तथा फलफुल खेति तथा भैसि पालन गर्दै आउनुभएको छ ।
आफुले गरेका कृषी पेशा बाट राम्रो आम्दानी भएको रनेम्वाङ बताउनुहुन्छ । ७ वर्ष दक्षिण कोरियामा बसेर फर्किनु भएका सन्देशले आफ्नै मुमिमा केही गरौ भन्ने उद्येश्यले ७ वर्ष अगाडी दुई करोढ रुपैयाको लगानीमा कृषी पेशा सुरु गर्नु भएको हो । वहाँले ७ जना लाई रोजगारी समेत दिनुभएको छ ।
नेपाल मै बसेर पनि धेरै पैसा कमाउन सकिन्छ । पैसा कमउन कै लागी विदेश जानु पर्दैन भन्नुहुन्छ चुलाचुली ५ का लिचि बगान सन्चालक प्रकाश राई ।
वहाँले आफ्ना बुबाले सुरु गरेको लिचि बगान लाई समाल्दै आउनु भएको छ । करिव दुई बिघा जमिनमा २ सय ५० बोट लिची लगाउनु भएको छ । भने कलमी गरेर नेपालभरी लिचिका विरुवा समेत बिक्रि गर्दै आउनु भएको छ । र सो बाट वार्षिक रुपमा मनग्य आम्दानी हुने गरेको राई बताउनुहुन्छ ।
पालिकाको भौगोलिक अवस्था र माटो सुहाउदो उत्पादन तर्फ हामी लागेका छौ । जस अन्तरगत सिमल तरुल, मौरीमालन,लिचि पकेट क्षेत्र, आफुपकेट कार्यक्रम मा ५० प्रतिशत अनुदानमा कम गर्दै छौ भने सिचाईकालागी साना सिचाई प्रवद्र्धन कार्यक्रम सन्चालनमा छ । त्यस्तै कृषीमा यान्त्रीकरणको प्रयोगलाई प्राथमिकतामा राखेर काम भैरहेको गाउँपालिकाका कृषी विकास शाखाका प्रमुख सुवास दाहाल बताउनुहुन्छ ।
साबिकका चुलाचुली र साकफारा दुई वटा गाउँविकास समिति मिलाएर बनाइएकोे यस गाउँपालिकाका निर्वाचित जनप्रतिनिधी आएपछि कृषि र पशुपालनको क्षेत्रमा धेरै परिवर्तन भएको दाबि गर्नुहुन्छ गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ्ग ।
चुलाचुली गाउँपालिका पशुपालनका लागी अत्यन्तै उर्भर भुमि मानिन्छ । व्यवसायीक रुपमा कृषी पेशा गर्दै आएका कृषकलाई स्थानिय, प्रदेश र सघिय सरकार बाट प्रशस्तै अनुदान वितरण गरिएको छ । अनुदान पाएपछि कृषकले उत्पादन समेत गरेका छन् । तर उत्पादिन बस्तुले बजार नपाएको र बजारी करणकालागी तिनै तहका सरकारको कुनै पनि पहन नभएको कृषकको गुनासो छ ।
सरकारले उत्पादनमा मात्र लगानी गर्नुभन्दा आगामी दिनमा बजारीकरण तर्फ ध्यान दिन आवश्यक छ । कृषकले उत्पादिन बस्तुको बजारीकरण सरकारको तर्फ बाट गर्ने व्यवस्था मिलाउन सके अधिकास युवाहरु पशुपालन पेसा तर्फ आकर्षण हुने थिए ।