कमल । झापाको कमल गाउँपालिका १ स्थित बहुउद्देश्यीय संयुक्त सहकारी कृषी फर्मको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिकामा सञ्चालनमा रहेका तिन वटा सहकारी पुर्व नेपाल, नवोदय र ईन्द्रेणी बहुउद्देश्यीय सहकारी सस्था द्वार प्रवद्र्धित बहुउद्देश्यीय संयुक्त सहकारी कृषी फर्मको पाँचौं वार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना झापाका प्रमुख रबिन्द्र सुवेदीले गर्नु भएको थियो ।
सहकारीले बचत र कर्जाको कारोवार मात्र गर्ने होईन र अब उत्पादन तर्फ लाग्नु पर्छ भन्ने राज्यको निती अनुसार तपाईहरुले जुन काम गर्नु भएको छ । यो अत्यन्तै राम्रो छ । सयुक्त रुपमा सञ्चालन कार्यक्रमहरु पनि सफल हुन्छन् भन्ने जिल्लाकै उदाहरण भएको प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना झापाका प्रमुख रबिन्द्र सुवेदीले भन्नुभयो ।
देशमा परिवर्तन गर्नु छ भने त्यो कृषीले मात्र सम्भव छ । सहकारीले अब समुदायकालागी काम गर्न आवश्यक छ । समुदायको माग अनुसार नचल्ने सहकारी हरुअब क्रमस विस्थापित हुने छन् । त्यसैले अबको दिनमा अन्नवाली मात्र नभएर फलफुल र तरकारी बालीको उत्पादन तर्फ सहकारीहरुले लाग्नु पर्ने कमल गाउँपालिका १ का वडा अध्यक्ष केदार कटुवालले बताउनु भयो ।

कार्यक्रममा सस्थाकाका सल्लाहकार सदस्य शरणकुमार पराजुली,ईन्द्रेणी बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष कपिल प्रसाद आचार्य, किसान विउ उत्पादक कम्पनीका सञ्चालक शेषराज पौडेल लगायतले छोटो समयमा सस्थाले गरेको प्रगतीको चर्चा गर्दै साधारण सभाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा सस्थाका अध्यक्ष सीताराम ढकालले सञ्चालक समितिका तर्फ बाट प्रस्तुत गरिएको प्रतिवेदन सुझाव सहित परित गरिएको थियो ।
बहुउद्देश्यीय संयुक्त सहकारी कृषी फर्मले कल गाउँपालिका वडा नम्वर १ आफ्नो स्वामित्वमा रहेको तिन कठ्ठा बाहेक १८ जना जग्गाधनी बाट ५२ विघा ५ कठ्ठा १४ धुर जमिनमा यान्त्रिकरणको प्रयोग गरी धान खेति गर्दै आएको छ ।
कार्यक्रम सस्थाका सचिव खगेन्द्र भण्डारीले सञ्चालन गर्नु भएको थियो भने पुर्व नेपाल बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रेम सापकोटाले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।