logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणलाई सार्थक बनाउनकालागी आगामी ५ वर्षे रणनितीक योजनाका विषयमा सारोकाकारवाला सग छलफल तथा अन्तरकृया


  • उमानाथ भण्डारी
  • मंगलबार, असार ७ २०७९

कमल , असार ७ । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणलाई सार्थक बनाउनकालागी आगामी ५ वर्षे रणनितीक योजनाका विषयमा सारोकाकारवाला सग छलफल तथा अन्तरकृया सम्पन्न भएको छ ।
सोमवार गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा गाउँकार्यपालिकाका सदस्य, गैरसरकारी संस्थाका प्रतिनिधी, विषयगत शाखाका शाखा प्रमुख,गाउँपालिकामा रहेका सामुदायीक तथा सस्थागत बिद्यालयका प्रध्यानाध्यापक तथा प्रिन्सिपल, बाल सन्जालका प्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी लगायतकोे सहभागीतामा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणलाई सार्थक बनाउनकालागी आवश्यक रणनितीक योजनाका विषयमा छलफल तथा अन्तरकृया भएको थियो ।
“खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ गाउँपालिकालाई बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषण गर्नकालागी गाउँपालिकाले २०७७ साल फागुन १२ गते निर्णय गरिसकेको छ ।
गाउँपालिकाले बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्नकालागी बालबचावटका १४, बाल संरक्षण सम्बन्धि १०, बाल विकास का ६ बाल सहभागिता ६ संस्थागत सुचक १५ वटा गरि जम्मा ५१ वटा सुचक पुरा गर्नु पर्ने हुन्छ । ति मध्ये अधिकास सुचक पुरा भएको कमल गाउँपलिकाले जनाएको छ ।
बालअधिकार सम्बन्धिमहासन्धि १९८९ लाई नेपालले अनुमोदन गरिसकेको र सोही अनुरुप कानुन निर्माण भई कार्यान्वयनमा आएको अवस्था छ । नेपालको संविधान २०७२ को धारा ३९ मा बालबालिकाको हकको व्यवस्था भएको र उक्तव्यवस्थाको कार्यान्वयनकालागि बालबालिका सम्बन्धि ऐन २०७५ साथै बालमैत्री स्थानीयशासन कार्यान्वयन निर्देशिका २०७८ निर्माण भई बालमैत्री स्थानीय शासन सम्बन्धी गतिविधिहरु सञ्चालनमा रहेका छन् । वि.स. २०८७ सालभित्र बालमैत्री देश नेपाल घोषणा गर्ने नेपालसरकारकले समेत निर्णय गरिसकेको छ ।

गाउँपालिकाका वडा नम्वर २,४र७ वालमैत्री वडा घोषणा भै रकेका छन् त्यस्तै वडा नम्वर ३ घोषणा गर्ने तयारीमा रहेको छ भने बाँकी वडामा समेत अधिकास सुचक पुरा भैसकाछन् ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्यमाथी प्रकास पार्दै बालमैत्री स्थानीय शासन घोषणा अभियानमा गाउँपालिकाले अहिले सम्म गरेको प्रगतिका बारेमा प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend