logo
शुक्रबार, साउन २९ २०८३

शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै दमकमा विरोध प्रदर्शन


  • उमानाथ भण्डारी
  • आइतबार, बैशाख १४ २०८२

कमल । नेपाल शिक्षक महासंघले विभिन्न माग राखेर गर्दै आएको काठमाडौ केन्द्रित आन्दोलनमा प्रहरी हस्तक्षेप भएको  विरोधमा आज  दमकमा विरोध प्रदर्शन भएको   छ ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला।
https://youtu.be/EuEFVtyQg9g?si=xPZ-yBb7GnBUZTAT
नेपाल शिक्षक महासङ्घको अगुवाइमा हुँदै आएको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी हस्तक्षेप भएको र आन्दोलनमा सहभागी शिक्षक घाइते भएकोले सोको विरोधमा कमल, दमक ,गाैरादह  गौरीगञ्जका  शिकक महासङ्गको अगुवाइमा  विराध प्रदर्शन भएको  महासंघले जनाएको छ।
कमल ,गौरादह र गौरीगञ्जका शिक्षक पाडाजुगी चोकमा भेला भई प्ले कार्ड सहित र्याली गर्दै गणतन्त्र चोकमा पुगेर कोणसभामा  परिणत भएको थियो। शान्तिपूर्ण रूपमा आन्दोलनमा रहेका शिक्षकहरूको मागलाई सम्बोधन गर्नुको सट्टा सरकारले प्रहरी लगाएर दमन गर्नु गलत भएको भन्दै आफ्ना मागहरु पुरा नहुन्जेल आन्दोलन गरिरहने नेपाल शिक्षक महासङ्घ कमलका अध्यक्ष मोहन कुमार बगालेले बताउनुभयो ।
शिक्षकहरू सरकारलाई असफल बनाउन र कुनै पनि मन्त्री प्रधानमन्त्रीको राजीनामा माग्दै आन्दोलनमा सहभागी भएका छैनन् । वर्षौं पुरानो शिक्षा ऐन लाई समय सापेक्षित परिवर्तन गर्नुपर्ने  लगायतका शिक्षकहरु ले उठाएका मागलाई सरकारको तर्फबाट सम्बोधन गरियोस भनेर आन्दोलन शिक्षकहरूले आन्दोलन गरेको गौरा तह नगरपालिका का शिक्षक महासंघ अध्यक्ष लिला गौतम बताउनुहुन्छ।
सयौँको सङ्ख्यामा उपस्थित भएका शिक्षकले सरकार र प्रधानमन्त्री विरुद्ध नारा लगाएका थिए ।

कार्यक्रम शिक्षक महासङ्घ दमकका उपाध्यक्ष राजेन्द्र प्रसाई को संयोजकत्वमा भएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend